यसकारण म उठदैछु, राम सी पोखरेल

न्यूयोर्क

अमेरिकाज क्षेत्रको क्षेत्रीय संयोजकमा राम सी पोखरेलले उम्मेद्वारी दिएका छन् । गैर आवासीय नेपाली संघको १० औं महाधिवेशनमा अमेरिकाज क्षेत्रमा रहेका गैर आवासिय नेपालीहरुको हक, अधिकार र पहिचान स्थापित गराउन पहल गर्ने एजेण्डा सहित पोखरेलले आफ्नो उम्मेद्वारी घोषणा गरेका हुन ।

अहिले सह संयोजक रहेका पोखरेलले संघमा बसेर काम गर्दा आफुलाई धेरै अनुभव भईसकेका कारण पनि संयोजकमा रहेर काम गर्न सहज हुने बताएका छन् ।

उनले अमेरिकाज क्षेत्रमा रहेका नेपाली दाजुभाई तथा दिदि वहिनीहरुका समस्या सम्बोधनका लागि आफु संस्थागत रुपमा सदैव अग्रसर भएर लाग्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् । अहिले संसारभर रहेका नेपालीहरुलाई गैर आवासिय नेपाली संघको १० औं महाधिवेशन लागेको छ। महाधिवेशनमा प्रतिनिधी छनौट देखी उम्मेद्वारी दिने सम्मको चर्चा परिचर्चा सुरु भएको छ ।

संघमा रहेको विभिन्न कमि कमजोरीलाई सुधार गर्दै नमुना संस्थाका रुपमा संघलाई स्थापित गर्ने एजेण्डा लिएर पोखरेल चुनावी मैदानमा प्रवेश गरेका छन् ।

आफ्नो अध्यायन, अनुभव र कार्य क्षमताका कारण पनि अमेरिकाज क्षेत्रिय संयोजकका रुपमा आफु योग्य उम्मेद्वार रहेको भन्दै पोखरेलले उम्मेद्वारी दिएका छन् । उनले आफ्ना चुनावी एजेण्डाहरु हेरेर भोट गर्न समेत भनेका छन् । चुनावको समयमा गरेका प्रतिवद्धतालाई अक्षरस कार्यन्वयन गर्दै आफु अगाडि बढ्ने पोखरेलले विश्वास समेत दिलाएका छन् ।

पोखरेलका एजेण्डा

  •  गैरआवासीय नेपाली संघ ९एनआरएन० अन्तर्राष्ट्रिय समन्वय परिषद र राष्ट्रिय समन्वय परिषदबिचको अन्तरसम्बन्धलाइ अझ बलीयो र अर्थपूर्ण बनाउन ।
  •  एनआरएनलाइ बिवादरहित र गैर राजनैतीक संस्थाको रुपमा स्थापीत गर्न ।
  • अमेरिकाज क्षेत्रमा एनआरएनका गतिबिधीलाइ बिधीसम्मत र विवादरहित रुपमा अझ प्रभावकारी ढंगले अगाडी बढाउन ।
  • अमेरिकाज क्षेत्रमा एनआरएनले खेल्न सक्ने थप भुमिका र सम्भावीत अवसरहरुको पहिचान र कार्यन्वयन गर्न ।
  • अमेरिकाज क्षेत्रका प्रत्येक ठाउँ र देशमा बसोबास गर्ने नेपाली बिचको सम्बन्धलाइ अझ बलीयो र सुमधुर बनाउन ।
  • अमेरिकाज क्षेत्रबाट अन्तर्राष्ट्रिय समन्वय परिषदमा समान प्रतिनिधीत्वको पहल गर्न ।
  • अमेरिकाज क्षेत्रमा नयाँ राष्ट्रिय समन्वय परिषद स्थापनाको पहल गर्न ।