काठमाण्डौ
गैरआवासीय नेपाली संघ एनआरएनएको आसन्न १० औं महाधिवेशनमा मध्यपूर्व क्षेत्रीय संयोजकमा कतारबाट युवा व्यवसायी अब्दुल वाशिदले उम्मेदवारी घोषणा गरेका छन् ।
आईसिसि सदस्य रहेका वाशिदले युवाहरुको हक हितमा काम गर्ने प्रतिबद्दता सहित सुरक्षित बैदेशिक रोजगार युवा र उद्दमशिलतालाई जोड दिएर चुनावी मैदनमा जाने घोषणा गरेका छन् ।
नेपाली कामदारको मुद्दालाई नै मुख्य एजेन्डा बनाउने प्रतिवद्धता जनाउदै श्रमिकका लागि सचेतनामुलक कार्यक्रम सञ्चालन गर्ने आफ्नो योजना रहेको वाशिदले बताएका छन् ।
युवाको नेतृत्व विकास आफ्नो प्रमुख एजेन्डा रहेको भन्दै वाशिदले मध्यपूर्वी मुलुकमा कार्यरत नेपाली युवाको सीपलाई नेपालका युवासम्म लगेर सहकार्यबाट देशको विकासमा योगदान दिने योजना आफूले तयार पारेको समेत बताए ।
वाशिदले मध्यपूर्वका नेपालीले आफ्नो उम्मेदवारीलाई स्वाभाकि रुपमा लिएको बताउँदै पूर्णरूपमा साथ पाउने बिश्वास व्यक्त गरेका छन् ।
लामो समयदेखि कतारलाई कमर्थलो बनाएर रोजगारी गरेका वाशिद सन २०११ बाट व्यवसायिक क्षेत्रमा प्रवेश गरेका हुन । वाशिदसंग एनआरएनए आइसीसीको सामाजिक उद्यमशीलता विकास समितिको मध्यपूर्व संयोजक भएर काम गरिसकेको अनुभव छ ।
उनले इलेक्ट्रोनिक क्षेत्रमा आफ्नै नेपालको गाऊ बेलाको ‘ब्राण्ड’ कतारलगाएत विश्व बजारमा स्थापित गरेका छन । नको ‘बेलाको ब्राण्ड’ पछिल्लो समय बेलायतमा पनि रहेको छ । छिट्टै यो ‘ब्राण्ड’ नेपालमा पनि विस्तार गर्ने तयारीमा वासिद जुटेका छन ।