लामो समयको पर्खाई र छोटो समयको संघर्षपछि अफगानिस्तानको सरकार सम्हाल्न आईपुगेका तालिवान भित्रै मतभेद सुरु भएको छ ।
तालिवानको नेतृत्वमा गठन भएको अन्तरिम सरकारका नेतृत्वकर्ता मुल्लाह अब्दुल घानीले राजधानी कावुल छाडेको विविसीले समाचार लेखेको छ ।
तालिवानका दुई समुहबीच अन्तरविरोध भईसकेको पछि मुल्लाहले राजधानी बावुल छाडेका हुन । अघिल्लो महिना तालिवान विद्रोहीले शक्ता कब्जा गरेसंगै अफगानिस्तानमा थप अस्थिरताको आँकलन गरिएको छ । योघट्नासंगै लाखौंले अफगानिस्तान छाडेका छन् भने केहीले अहिलेपनि अफगानिसतान छाड्न चाहिरहेका छन् । लामो समयसम्म अफगानिस्तानमा रहेको अमेरिकी नेटो सेना फिर्ता भएको करिव ४५ दिन भित्रै अफगानिस्तान कब्जा गरेको तालिवान समुहभित्र पनि विभाजन सुरुभएसंगै अफगानिस्तानमा थप संकटको सम्भावना बढेको अन्तराष्ट्रिय सञ्चार माध्ययमहरुले टिप्पणी गरेका छन् ।