उत्तर अमेरिका गैर आवसीय नेपाली संघको महिला संयोजकमा भट्टराईको उम्मेद्वारी

न्यूयोर्क अमेरिका

लामो समय देखी अमेरिकाको टेक्सास राज्यमा रहेर विभिन्न व्यवसायमा संलग्न यमुना भट्टराईले टेक्सास, अमेरिका गैर आवासिय नेपाली संघको १० औं महाधिवेशनमा उत्तर अमेरिका गैर आवसिय संघको महिला क्षेत्रिय संयोजकमा उम्मेद्वारी घोषणा गर्नुभएको छ ।
भट्टराईले जारी गरेको विज्ञाप्तिमा आफु उत्तर अमेरिकामा लामो समय देखी रहेको र यस क्षेत्रमा रहेका नेपालीहरुको हक अधिकार र हितका लागि काम गर्न सक्षम रहेको भन्दै उम्मेद्वारी दिने घोषणा गर्नुभएको उल्लेख छ ।

टेक्सासको वसोवासको क्रममा त्यस क्षेत्रका स्थानिय तथा अमेरिकाको केन्द्रिय तहको विभिन्न सामाजिक संघ संस्थाहरुमा समेत उँहाको सहभागिता र संलग्नता रहेर काम गरेको अनुभव संगालेको विज्ञाप्तिमा उल्लेख छ ।

विगत २ वर्ष देखि NRNA ICC को सदस्यको रुपमा कृयाशिल भट्टराईमा गैर आवासिय नेपालीहरुको समस्या नजिकबाट बुझेको र महिला दिदी९बैनीहरुले उठाउदै आउनुभएको कुराहरुमा अगुवाइ समेत गरेको अनुभव रहेको छ । उँहाले विज्ञाप्तिमा भन्नुभएको छ सवैको सुझाव अनुसार मैले उत्तर अमेरिकाको तर्फबाट महिला संयोजकमा उम्मेदवार बन्ने निधो गरेको छु साथीहरुको साथ सहयोग पूर्ण रुपमा पाउने छु ।

विज्ञाप्ति मार्फत उँहाले विभिन्न महिला ससक्तिकरणका योजनाहरु संचालन गर्दै आ९आफ्नो कर्म क्षेत्रमा रहेका महिलाहरुलाई योग्य र सक्षम बनाउने योजना अगाडि सार्नुभएको छ ।
विज्ञाप्तिमा भट्टराईले लेख्नुभएको छ मैले संस्था वुझेको छु, संस्थाको लागि आवस्यक पर्दा समय र आर्थिक व्यबस्थापनको पाटो समेत राम्ररी बुझेकी छु । म निर्वाचित भए पछि आफ्नो क्षेत्रका धेरै सकृय महिलाहरुको साथ र सहयोगमा स्थानिय आवश्यकताको पहिचान गरी गतिविधि गर्दै अन्य क्षेत्रको लागि उदाहरण वन्न सक्ने सामर्थका साथ कृयाशिल रहने योजना समेत विज्ञाप्तिमा उँहाले उल्लेख गर्नुभएको छ।