गैरआवासीय नेपाली संघ एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् तथा राष्ट्रिय समन्वय परिषद्का निर्वाचन सम्बन्धी बाँकी प्रक्रिया स्थगन गर्न परराष्ट्र मन्त्रालयले परिपत्र गरेको छ ।
गैरआवासीय नेपाली संघ एनआरएनएको १० औं महाधिवेशनका प्रतिनिधिहरू चयनका क्रममा विधान विपरित क्रियाकलाप भएको भन्दै मन्त्रालयमा उजुरी परेपछि मन्त्रालयले तत्कालका लागि प्रतिनिधि छनौटमा उठेका प्रश्नको जवाफ नआउन्जेलसम्मका लागि सबै प्रक्रिया स्थगित गर्न अनुरोध गरेको छ ।
परराष्ट्रको पत्र आएपनि तोकिएकै मितिमा निर्वाचन हुने भन्दै केही समुह आफ्नो प्रचार प्रसारमा लागिरहेका छन् । विदेशमा बस्ने नेपालीहरुका लागि संघको चुनाव महत्वपूर्ण हुने गरेको छ ।