सुनिता शर्मा कोइराला
न्यूयोर्क
नेपाली कला संस्कृती र परम्परालाई अमेरिकामा बसेपनि निरन्तरता दिँदै आएको तमु परीवार न्यूयोर्कले हरीतालीका तिजको अवसरमा विशेष कार्यक्रम सम्पन्न गरेको छ ।
नेपालको चाडपर्व र विशेष परम्पारागत पहिचान र परिचयलाई निरन्तरता दिँदै आएको तमु परीवारले तिजको अवसरमा विशेष कार्यक्रममो आयोजना गरेको हो ।
उक्त कार्यक्रममा तमु परीवारको पूर्वअध्यक्ष डम्बरजंग गुरुङको अध्यक्षता, तमु परीवारकी वर्तमान अध्यक्ष मनिता गुरुङ लगाएत न्यूयोर्कमा रहेका विभिन्न सामाजिक संस्थामा आवद्ध विशिष्ट व्यक्तिहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा तमु परीवार न्यूयोर्कका अध्यक्ष मनिता गुरुङ पूर्वअध्यक्ष डम्बरजंग गुरुङ, यांसरी गुरुङ, नेपाल कलाकार संघका अध्यक्ष निशा सुनार, उपाध्यक्ष वसन्ती राई, विमल डाँगी, तामाङ समाज अमेरिकाकाी अध्यक्ष विनिता तामाङ तथा एभिन्यूज खबर टेलिभिजनकी न्यूयोर्क स्थति संम्वादददाता सुनिता शर्मा कोइराला लगाएतको उपस्थिती रहेको थियो ।
विदेशमा रहेका दिदी वहिनीहरुले प्रत्येक वर्ष विभिन्न साँस्कृतिक पर्वहरुलाई मनाउँदै आएका छन् । यस प्रकारका कार्यक्रममा नेपालको कला संस्कृतिलाई निरन्तता दिन र अन्तराष्ट्रिय स्तरमा समेत फैलाउन सहयोग पुगेको विभिन्न वक्ताहरुले बताएका थिए ।
नेपाली पहिरनमा सजिएका महिला पुरुषको दृश्यले उक्त कार्यक्रमलाई थप आकर्षक बनाउको थियो । कोरोनाको प्रभावलाई ध्यानमा राख्दै स्वास्थ्या सुरक्षका उपायहरु अवलम्बन गरि गरिएको कार्यक्रम सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको वर्तमान अध्यक्ष मनिता गुरुङले बताउनुभयो ।
न्यूयोर्कमा रहेका विभिन्न सामाजिक संस्थाहरु गार्खाली समाज न्यूयोर्क, धादिङ समाज न्यूयोर्क लगाएतका विभिन्न संघ संस्था हरुले पनि कार्यक्रम आयोजना गरि भब्य रुपमा तीज मनाएका थिए। ।