अमेरिकामा विश्वविधालय छनौटबारे छलफल कार्यक्रम सम्पन्न

न्युयोर्क अमेरिका

अमेरिकामा उच्च शिक्षा लिन चाहाने विधार्थीहरुका लागि गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद ९एनआरएनए एनसीसी० अमेरीकाको टेक्सस राज्य च्यापटरले एक विशेष कार्यक्रम सम्पन्न गरेको छ । विषय विज्ञ र विधार्थीहरुको सभागितामा भएको कार्यक्रममा विषय विज्ञको अभ्यास र अनुभव एवं विधार्थीहरुको आवश्यता र चाहनाहरुका बारेमा छलफल भएको थियो ।

यहि सेप्टेम्बर ११ मा माध्यमिक तथा उच्च माध्यमिक तहका उच्चशिक्षा लिने तयारीमा रहेका नेपाली बिधार्थीलाई लक्षित गरी कार्यक्रमको आयोजना गरिएको थियो ।

अध्ययनमा के कस्ता तयारी गर्नुपर्छ, के कस्ता बिषय छनोट गर्न सकिन्छ, कुन बिषय आफ्नो लागि उपयुक्त हुन्छ जस्ता थुप्रै बिषयमा जानकारी दिनुका साथै विधार्थीहरुले आफुले पढ्न चाहेको विषय र विश्वविधालयका बारेमा जानकारी लिएका थिए । हाल बिश्वकै १० औं बिश्वबिधालय अन्तरगत छात्रवृत्तिमा पर्न सफल केहि नेपाली विधार्थीहरुसंग अनुभव आदानप्रदान कार्यक्रमा अमेरीकावासी नेपाली बिधार्थीहरुको बाक्लो उपस्थिती रहेको कार्यक्रम संयोजक निश्चल चापागाईले जानकारी दिनुभयो।

यस कार्यक्रमबाट हाम्रो समुदायमा रहेका धेरै नेपाली विधार्थीहरुलाई कस्तो बिश्वबिधालय छनोट गर्ने, उचित बिषय के र त्यसको पहिलो कदमहरु के–के हुनेछन भन्ने जिज्ञासा मेटाउन सफल भएको चापागाईले बताउनुभयो ।

करीब ५० भन्दा धेरै जिज्ञासाहरुको बारेमा बिशेष अतिथी डा। अर्जुन बन्जाडे लगाएत सम्बन्धित बिधार्थीले सम्बोधन गर्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथीको रुपमा एनआरएनए एनसीसी अमेरीकाका अध्यक्ष बुद्धि सुबेदी, बिशिष्ट अतिथी डा अर्जुन बन्जाडे प्रमुख बक्ताको भुमिकामा रहनुभएको थियो । च्यापटर अध्यक्ष सोफिन थापाले अध्यक्षता गर्नुभएको कार्यक्रममा च्यापटर सचिब डा। चण्डि भण्डारीले संचालन गर्नुभएको थियो । कार्यक्रम संयोजनको लागि निश्चल चापागॅाई, सन्देश उप्रेती र मनिता मान्धरले जिम्मेवारी वहन गर्नुभएको थियो । कार्यक्रममा बिधार्थी सुबास भण्डारी, प्रसंशा घिमिरे, मनिष भण्डारी, ईषा घिमिरे, आभाष श्रेष्ठ लगाएतले आफ्नो बिश्वबिधालय छनोट अनुभव बताएका थिए ।