न्यूयोर्क अमेरिका
आसन्न गैरआवासीय नेपाली संघको १० औ महाधिवेशनमा राजन त्रिपाठीले कोषाध्यक्ष पदमा उम्मेद्वारी दिएका छन् । हाल कर्मथलो अमेरिका रहेका त्रिपाठीले गैर आवासिय नेपालीहरुका विषयलाई प्रमुखताका साथ समाधानको बाटोमा अगाडि बढाउन आफुले विगतमा गर्दै आएको प्रयास र पहलाई सार्थकतामा लैजान कोषध्यक्ष पदमा उम्मेद्वारी दिएको विज्ञाप्ति निकालेर जानकारी दिएका छन् ।
गैर आवासिय नेपाली संघमालाई समय सापेक्ष, आर्थिक अनुशासनमा सञ्चालन गर्नुपर्ने ठूलो चुनौतीको विषय रहेको स्मरण गर्दै सोही चुनौतीलाई सामाना गर्ने सोचका साथ आफुले कोषध्यक्षमा उम्मेद्वारी दिएको उनले बताउका छन् ।
त्रिपाठीले संसारभरिका विभिन्न देशहरुमा छरिएर पनि एकअर्काका साझा विषयहरुमा समान धारणा बनाउन र आपसका सुख दुख एक साट्न सक्ने गरी गैरआवासीय नेपाली संघमा आबद्ध हुंदै आएको स्मरण गरे । यसैकारणले पनि संसारभरिबाट लाखौं लाख नेपालीहरु यो साझा संस्थाका सदस्य बनेको त्रिपाठीले बताएका छन् । संघको स्थापनादेखि नै लोकतान्त्रिक विधि र पद्धतिबाट साझा मुद्धाहरुलाई नेपाल सरकार र विश्वका सम्बन्धित निकायहरुमा दह्रोसंग उठाउन सबल र सक्षम नेतृत्वसमेत छान्ने अभ्यास हुँदै आएको स्मरण गर्दै यस पटक पनि सोही अनुसार हुने त्रिपाठीको विश्वास रहेको छ । उनले आफ्नो विज्ञप्तिमा लेखेका छन् संयुक्त राज्य अमेरिकाको बसाइका क्रममा विगत बर्षहरुदेखि नै म नेपाली समुदायको हित, उन्नति, सुख दुख र मातृभूमिका लागि आफ्नो क्षमतालाई प्रयोग गर्दै आएको कुरा यहांहरुलाई जानकारी नै छ ।
गैरआवासीय नेपाली संघ अन्तर्राष्टिय समन्वय परिषद्को अमेरिकाज क्षेत्रको क्षेत्रीय संयोजकका रुपमा कार्यरत त्रिपाठीले नेपाली समुदायका खास खास मुद्धाहरु संसारभर के हुन् र तिनलाई आफ्नो मातृभूमिको सरकार र संसारभरका सम्बन्धित निकायमा कसरी दह्रोसंग उठाउन सकिन्छ भन्नेबारे गहिरो अध्ययन गर्ने र कांधमा कांध मिलाएर अघि बढ्ने आफुलाई अवसर भएको समेत स्मरण गरेका छन् ।
विश्वलाई नै तहस नहस बनाउने कोरोना महामारीको अन्यौलग्रस्त अवस्थामा आफ्नो समुदायको सुरक्षा कसरी गर्न सकिन्छ भन्नेतर्फ गरिएका प्रयासहरुले म अझ हौसिएको छु र गैरआवासीय नेपालीको आवाज बनेर अघि बढ्ने कुरामा मलाई ठूलो प्रेरणा मिलेको छ उनले विज्ञाप्तिमा जनाएका छन् । नेपालको सीमा भारतले मिचेर मातृभूमिलाई अप्ठ्यारो परेको बेला संयुक्त राष्ट संघको न्यूयोर्क मुख्यालयसम्म पुगेर नेपालबारे तथ्यपूर्ण जानकारी दिंदै सिमा मिच्नेलाई सजग गराउन दवाव सिर्जना गर्दा होस् वा युवा एवं महिलाका मुद्दाहरूमा अवाज उठाउंदा तथा छरिएर असंगठित बनेर बसेको अवस्थाका अमेरिकाज क्षेत्रका विभिन्न देशका नेपालीहरुलाई गैरआवासीय नेपाली संघभित्र संगठित गर्ने कार्यमा त्रिपाठीको ठूलो योगदान रहँदै आएको छ । उनले विज्ञाप्तिमा लेखेका छन् संसारभर छरिएर रहनुभएका सम्पूर्ण गैरआवासीय नेपाली समुदायको साथ सहयोग रहन्छ भन्ने विश्वाससहित आज कोषाध्यक्ष पदका लागि उम्मेद्वारी घोषणा गरेको छु । कोषाध्यक्षका रुपमा विजयी भए संस्थामा आर्थिक पारदर्शिता आफ्नो पहिलो एजेण्डा हुने उनको प्रतिवद्धता छ ।