मन्त्री खाने आधा दर्जन दल, मन्त्री संख्या सिमित, प्रधानमन्त्री अप्ठ्यारोमा

 

मन्त्रीका आकाँक्षीहरु अहिले नेताहरुको विहानदेखी साँझैसम्म विभिन्न ढंगले पुगिरहेका छन् ।

भदौ २१ काठमाण्डौ

प्रधानमन्त्री वहादुर देउवा प्रधानमन्त्रीमा निर्वाचति भएको पनि करिव २ महिना पुग्न लागिसक्यो । तर मन्त्री परिषद विस्तार नहुँदा सरकारले पूर्ण रुपमा कामको गति लिन सकिरहेको छैन । यसैगरी प्रधानमन्त्रीको सचिवालयले समेत पूयाता पाउन सकेको छैन । प्रधानमन्त्रीले मन्त्री परिषद विस्तार गर्न चासो नदिएको जस्तो पनि देखिँदैन । यस बीचमा सत्ता साझेदार दलहरुबीच उक दुई बैठक र छलफल भईसकेका छन् ।

तर दलहरु भित्रको चरम असन्तुष्टि र पद लोलुपताका कारण सरकारका विस्तारमा ढिलाई भईरहेको प्रष्र्ट भईसकेको छ । अहिलेकै अवस्थामा भदौ २२ लाई कारण बनाएर मन्त्री परिषद विस्तारको काम रोकिएको भनिएपनि भदौ २२ नजिकिएसंगै दलभित्र एक प्रकारको दौडधुप सुरु हुन लागेको छ ।

सोमबार बसेको मन्त्री परिषदका निर्याण्हरु सार्वजनिक गर्दै सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रिपरिषद्ले चाँडै नै पूर्णता पाउने बताए । पत्रकारले सोधोको मन्त्री परिषद कहिले विस्तार हुन्छ भन्ने प्रश्नमा कार्कीले धेरै लामो उत्तर दिन चाहेनन् छोटोमा भने चाँडै न्त्री परिषदले पूर्णता पाउँछ। सरकार विस्तारका विषयमा प्रधानमन्त्रीलाई असहज अवस्था देखिँदै गएको छ । अहिले प्रधानमन्त्रीले करिव ६ वटा दललाइ भागबण्डा मिलाउनुपर्ने अवस्था देखिएको छ ।
काँग्रेस
माओवादी
माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी
उपेन्द्र यादव जसपा
महन्त ठाकुर
जनमोर्चा