न्यूयोर्क
सौन्दर्य र मनोरञ्जनाका क्षेत्रमा अमेरिकाम बसेर योगदान गर्ने र नेपाली कलालाई प्रवद्र्धन गर्ने उद्धेश्यका साथ अमेरिकामा मिस नेपाल युएस आयोजना गरिने भएको छ ।
मिस नेपाल एलएलसीले मिस नेपाल युएसको ट्रेडमार्क प्राप्त गर्न सफल भएसंगै यस वर्ष विशेष कार्याक्रमको आयोजना गरि मिस नेपाल युएस गर्न लागिएको संस्थापक अमित शाहले जानकारी दिनुभएको छ ।
अमेरिकामा रहेर कला र मनोरञ्जन क्षेत्रलाई माथी उठाउन सहयोग गर्दै आएका विभिन्न संस्थाले विभिन्न समयमा मिस नेपाल युएसको ट्रेडमार्क लिन प्रयास गरेपनि सफल हुन नसकेको अवस्थामा यस पटक भने मिस नेपाल एलएलसाले ट्रेडमार्क लिन सफल भएको हो ।
अमेरिकामा बसोबास गर्दै आएका नेपाली युवतीहरुले मिस नेपाल युएसको आधिकारिक वेबसाइट वा मिस नेपाल यूएस २०२१ का आयोजकसँग सम्पर्क गरेर आफ्नो आवेदन बुझाउन सक्नेछन् । आवेदन दर्ता गर्ने समय सीमा सेप्टेम्बर १, २०२१ सम्म रहेको छ ।
नेपाली−अमेरिकी सामाजिक उद्यमी अमित शाहद्वारा शुरू गरिएको, मिस नेपाल युएस प्रतिस्पर्धा अमेरिकामा बसोबास गर्दै आएका नेपाली युवाहरुका लागि नेटवर्कीङ, सशक्तिकरण, क्षमता प्रस्फुटन र पहिचानका लागि उचित मञ्च बनेको छ । साथै यस प्रतिस्पर्धाले नेपाल र अमेरिका दुवै देशको सांस्कृतिक विविधतालाई समेत जोड्ने काम गरेको छ ।
मिस नेपाल यूएस प्रतिस्पर्धाले हालसम्म नेपाली−अमेरिकी महिलाहरुलाई शिक्षा र सशक्तिकरणका निमित्त विभिन्न च्यारिटीमार्फत् ८० हजार डलर बराबरको सहयोग प्रदान गरिसकेको छ । यो कार्यक्रमले महिलाहरुलाई छात्रवृत्ति प्राप्त गर्न, आफ्नो नेटवर्क बृद्धि गर्न, जीवनोपयोगी कला अभिवृद्धि गर्न र आफ्नो समुदायमा केही योगदान पुर्याउने अवसर जुटाइदिएको छ ।
यस प्रतियोगिताको प्रमोटिङ पार्टनका रुपमा टिभि सन्डे रहेको छ । टिभि सन्डेले यस प्रतियोगिताको हरेक क्रियाकलापहरुलाई विभिन्न माध्ययमबाट देश तथा विदेशका दर्शक तथा पाठकसमु जानकारी पु¥याउने काम गर्नेछ ।
मिस नेपाल युएस २०११ मा न्यूयोर्क शहर बाट सुरु भएको थियो जसमा सुजिता बस्नेतले पहिलो मिस नेपाल युएसको ताज पहिरिएकी थिइन् । आफ्नो समुदाय र संस्कृतिका पक्षमा वकालत गर्नसक्ने साथै नेतृत्व लिन सक्ने युवाहरुको उत्पादनमा यस कार्यक्रमले विगत १० वर्षदेखि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको कार्यक्रमका संस्थापक तथा अध्यक्ष अमित शाहले बताउका छन् । १० औं वार्षिकोत्सवका अवसरमा न्यूयोर्कमा सेप्टेम्बर २३ देखि २५ सम्म न्यूयोर्कमा मिस नेपाल अमेरिकाको वार्षिकोत्सव समारोहका साथ मिस नेपाल अमेरिका आयोजना गरिने शाहले जानकारी दिए ।
दशवर्ष अगाडि नै ट्रेडमार्क लिन प्रक्रिया थालेपनि विभिन्न कारणले झण्डै १० बर्षको प्रकृया र लडाईपछि मिस नेपाल युएसले अमेरिकामा औपचारिक रुपमा ट्रेडमार्क प्राप्त गरेको छ ।
यस प्रतियोगिताको प्रमोटिङ पार्टनका रुपमा टिभि सन्डे रहेको छ । टिभि सन्डेले यस प्रतियोगिताको हरेक क्रियाकलापहरुलाई विभिन्न माध्ययमबाट देश तथा विदेशका दर्शक तथा पाठकसमु जानकारी पु¥याउने काम गर्नेछ ।