एनआरएनएमा नयाँ कोर्ष सुरु भयो डा. हेमराज शर्मा

लण्डन

गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का महासचिव डा. हेमराज शर्माले एनआरएनमा नयाँ कोर्षको सुरुवात भएको बताएका छन् ।
नेपाल पत्रकार महासंघ युरोपको बहस शृङ्खलाको ६२ औं भागमा एनआरएनए १० औं महाधिवेशन नीति र नेतृत्वको बहस कर्यक्रममा बोल्दै डा. शर्माले एनआरएनएका अधिकांश विवादित विषयहरु विधानले स्पष्ट पारिसकेको बताएका छन् । उनले भने पहिलेका धेरै अन्यौलता र अस्पष्टताहरु थिए हामीले विधान संशोधन गरेका छौ जसले धेरुै अन्यौलता हटेको छ ।
हामीले निर्वाचनमा भोटको व्यवस्थालाई नयाँ बनाएका छौं र अनलाईन बनाएका छौं जसले संघमा विगतमा भएका विवाद समाधानका लागि सहज हुने छ ।

उनका अनुसार ६५ प्रतिशत पुरानो एनसीसीआइसीमा कार्य गरेकाहरुलाई छुट्याएको छ । यस्तै, १० प्रतिशत नयाँ कार्यसमिति महिला, युवा एनआरएनएलाई योगदान गर्ने लाई पठाउने व्यवस्था र २५ प्रतिशत महाधिवेशनबाट निर्वाचित भएर आउने व्यवस्था गरिएको छ । जसबाट यसपटकको निर्वाचन व्यवस्थित हुने उनले दाबी गरे । गत वर्षको जस्तो निर्वाचनमा भद्रगोल नहोस् भनेर अनलाइन भोटिंङको व्यवस्था गरिएको भन्दै उनले यस्तो गर्दा निर्वाचनमा राजनीति कम हुने बताए ।
२००५ देखि एनआरएनएमा आवद्ध भएका डा. शर्मा एनआरएनए १० औं महाधिवेशनमा उपाध्यक्षका प्रत्यासी हुन् ।