“तिमी हौ आँखाको नानी” बोलको गीत सार्वजनिक
भदौ १६, काठमाण्डौ
नेपालमा जन्मे हुर्केर अमेरिकाको कोलोराडो राज्यलाई कर्मथलो बनाउँदै आएका साहित्यकार तथा गीतकार ज्ञानेन्द्र गदालको “तिमी हौ आँखाको नानी” बोलको गीत सार्वजनिक भएको छ ।
अब्बल सर्जकका रुपमा आफुलाई स्थापित गराउँदै अगाडि बढ्का गदालले नेपालको संगीत र साहित्य क्षेत्रमा उल्लेखनिय योगदान गर्दै आएका छन् ।
ओएसआर डिजिटलद्वारा सार्वजनिक गरिएको उक्त गीतमा अनुपमा प्रधानको स्वर रहेको छ । गीतमा पूजन लोहागनको संगीत रहेको छ।
यस गीतको भिडियोमा हामी धेरैले पर्यटकीय र शुन्दर बस्तीका रुपमा परिचय बनाएको भारतको दार्जिलिङ देख्न सकिन्छ ।
सिक्किम निवासी पूजन र अनुपमाको सकृयतामा यो गीत भारतको दार्जिलिङ्गमा रेकर्डिङ्ग तथा छायांकन गरिएको हो। यस म्युजिक भिडियो सङ्गीत श्रब्यदृश्यमा रोनक बिश्वकर्मा र यशोदा तिम्सिनाको अभिनय रहेको छ ।
गीतकार गदाल लामो समयदेखि अमेरिकाको कोलोराडोमा वसोवास गरे पनि नेपाली गीत, कथा, कविता , गजल लगाएत्का विभन्न साहित्यीक लेखनमा निरन्तर लागिरहेका छन् । गदालले नेपालको साहित्य क्षेत्रमा योगदान गरेवापत नेपाल सरकारले प्रदान गर्ने छिन्नलता गीत पुरस्कारबाट समेत पुरस्कृत भएका छन् । उनका धेरै एकल गीतका एल्बम र गीतसंग्रहहरु पनि प्रकाशित छन् ।
गदालको गीत तथा भिडियो