भदौ, १४ काठमाण्डौ
रुपन्देही सामाजिक सञ्जाल अष्ट्रेलियाले बुटवलको शिद्धार्थ महिला तथा वाल अस्पताल (आम्दा अस्पताल) मा प्यासन मोनिटर हस्तान्तरण गरेको छ । सञ्जालले ७ लाख ४६ हजार ५० रुपैया वरावरको मोनिटर प्रदान गरेको कार्यक्रम संयोजक तथा संजालका कला साहित्य तथा सांस्कृतीक संयोजक मुक्तिराम पोख्रेलले जानकारी दिए ।
सञ्जालका प्रतिनिधि काशीराम काफ्लेले अस्पतालका मेसु डा। राजेन्द्र प्रसाद वस्याललाई मोनिटर हस्तान्तरण गरे । अस्पतालका मेसु डा राजेन्द्र प्रसाद वस्यालले जापानी जनताको सहयोगमा निर्माण भएको अस्पताल अहिले आन्तरिक तथा वाह्य सहयोगबाट संचालनमा रहेको बताए । उनले अष्ट्रेलियामा रहेका नेपालीहरुबाट अस्पतालमा सहयोग पाउदा निकै खुसी लागेको भन्दै धन्यवाद ज्ञापन गरे । कार्यक्रममा सञ्जालका अध्यक्ष इश्वर पोखरेलले विरामीले उपचार सेवा पाउने संस्थालाई सहयोग गर्न पाउदा खुसी लागेको बताए । अष्ट्रेलियामा रहेका नेपाली विद्यार्थी, व्यवसायी र कर्मचारीबाट एक एक रुपैया गरी संकलन गरिएको सहयोग राशीले विरामीको उपचारमा सहयोग पुग्ने उनको विश्वास छ । कार्यक्रममा सञ्जालका महासचिव दिवाकर काफ्लेले कर्मको लागि विदेशी भूमिमा रहेपनि आफ्नो मुलुकको माया लागेर नै सहयोग कार्यलाई जारी राखिएको बताए ।
सन २०१५ मा स्थापना भएको सञ्जालले कोभिड प्रभावितहरुलाई राहत वितरण, तिलोत्तमामा यौन हिंसामा परेका वालिकालाई सहयोग, क्यान्सर पिडितहरुलाई सहयोग, भूकम्पपिडितहरुलाई एनआरएन मार्फत सहयोग, मणिग्राम स्थित आत्मशान्ति अनाथ आश्रम, नेपाल अपाड्ग आश्रममा सहयोग गरी सकेको छ ।