काठमाडौं, १४ भदौ
नेपालमा राजनीतिक गर्मा गर्मी चलिरहेको समयमा अस्वस्थ भएपछि भारतको राजधानी दिल्लीमा उपचारका लागि गएका झलनाथ खनाल सोमबार नेपाल फर्केका छन् ।
पार्टीको आन्तरीक विवाद चरम उत्कर्षमा भएको समयमा उपचारका लागि भारत गएका खनाल फर्कदा एउटा नयाँ पार्टी बनेको छ । उनि पनि यसै पार्टीमा रहने बताईसकेका छन् । भर्चुअल माध्ययमबाट माधव नेपाल नेतृत्वको पार्टीमा सहभागि भएका खनालले यस अघि नै आफु माधव नेपाल नेतृत्वको पार्टीमा रहने बताईसका छन् ।
खनालको मृगौलामा समस्या आएपछि उपचारका लागि भारत गएका हुन । उनको मृगौला प्रत्यारोपण गरिएको छ । भारतको एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गराएका खनाल सोमबार अपरान्ह स्वदेश फर्किएका हुन् । खनाल स्वदेश आउने भएपछि नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालसहितका नेता तथा कार्यकर्ता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गएका थिए । एमाले एकताको सन्देश दिएर उपचारका लागि दिल्ली गएका खनाल आउँदा नयाँ पार्टी बनिसकेको छ । उनि माधव नेपालको अध्यक्षतामा गठित नयाँ पार्टी समाजवादीका स्थायी कमिटी सदस्य हुन् ।