काठमाडौं, १४ भदौ
नकपा एमालेबाट फुट्र बनेको नेकपा (एकीकृत समाजवादी) पार्टीका प्रभावशाली मानिएका नेता प्रदीप नेपालले माधव नेपाल नेतृत्वको पार्टीमा नरहने बताएका छन् । एमालेका पुराना र प्रभावशाली नेताका रुपमा रहेका नेपाललाई नयाँ गठन भएको पाटीका विभिन्न विभाग र कमिटीहरु निर्माण गनर्दा कतै पनि नसमेटीएपछि उनमा एक खालको असन्तुष्टि देखिएको थियो ।
तर नेपालले भने नयाँ बनेको पार्टीले जनताको बहुदलीय जनवाद ९जबज० सिद्धान्त छोडेको भन्दै नेता नेपालले आफू उक्त पार्टी नरहेको जानकारी दिएका हुन् ।
नेकपा एस का अध्यक्ष माधवकुमार नेपालले धोका दिएको उनको आरोप छ । तपाई पनि झेली कुरा गर्न सिक्नु भएछ । बारम्बारको कुराकानीमा मैले जबज हुँदैन भने मेरो नाम नलेख्नुस भनेको थिएँ । तर आखिरमा तपाईंबाट पनि मैले धोकाकै उपहार लिएर जानु पर्ने भो, नेपालले भनेका छन् ।
नेता नेपालले आफू एमाले अध्यक्ष केपी ओलीसँग पनि नजाने उल्लेख गरेका छन् । माधव कमरेड, म केपीसँग जान्न । किनभने तानाशाही प्रवृत्तिको म सधैं विरोधी हुँ, नेता नेपालले सामाजिक सञ्जालमा लेखेका छन् ।