भदौ, १४ काठमाण्डौ
अमेरिकाको न्यूयोर्कमा केन्द्रीय कार्यालय रहेको टिभी सन्डेको औपचारीक सुरुवात भएको छ ।
नेपालमा लामो समय पत्रकारीता गरेर विभिन्न मुलुक हुँदै अहिले अमेरीकाको न्यूयोर्कमा रहनुभएका बरिष्ठ पत्रकार किरण मरहठ्ठाको नेतृत्वमा सुरु भएको टिभी सन्डेको उद्घाटन समारोह न्यूयोर्क राज्य संसद, जेनिफर राजकुमार (Assembly women New York District-38–Jenifor Rajkumar) को प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
उद्घाटन कार्याक्रममा महावाणिज्य दूतहरु, राजनीतिक दलका प्रतिनिधि, अमेरीकाको विभिन्न सामाजिक तथा राजनीतिक क्षेत्रमा संलग्न प्रतिनिधिहरुको विशेष उपस्थिती रहेको थियो ।
कार्यक्रममा बोल्ने बक्ताहरुले टिभी सन्डेले साउथ एसिया र अमेरीकाको सामाजिक, राजनीतिक तथा साँस्कृतिक पहिचान र परिचलाई जोड्न ठूलो सहयोग पुग्ने बताएका छन् । टिभी सन्डेले समेट्न खोजेका विषयहरुलाई आफुहरुको पूर्ण साथ सहयोग रहने भन्दै अमेरीकाको न्यूयोर्क लगाएतका क्षेत्रका राजनीतिक तथा सामाजिक अभियान्ताहरुले सानो देखी ठूलो विषय र व्यक्तिलाई स्थान दिन समेत अनुरोध गरेका छन् । पत्रकारीताको माध्यायमबाट नेपालीहरुलाई एकतावद्ध गर्दै अगाडि बढ्न प्रोत्साहन गर्न टिभी सन्डेलाई वक्ताहरुले शुभकामना व्यक्त गरेका छन् ।
टिभी सन्डे के हो ?
टिभी सन्डे एउटा बदलिँदो विश्वसंगसंगै सूचना र सञ्चार क्षेत्रलाई अगाडि बढाउने अनलाईनको माध्यामबाट विश्वभर सूचना तथा जानकारीहरु प्रसारण गर्ने सञ्चारको माध्ययम हो । टिभी सन्डेको अमेरीकाको न्यूयोर्क र नेपालको काठमाण्डौमा प्रसारण स्टूडियो रहेका छन् भने अन्य विभिन्न मुलुकमा व्यूरोहरु रहेका छन् ।
टिभी सन्डेका क्यानडाको टोरन्टो, लण्डन, ब्रसेल्स, टोकियो, मेलवर्न, र दोहामा व्यूरोहरु रहेका छन् ।
टिभी सन्डे बदलिँदो परिवेशमा आफ्ना सामग्रीहरुलाई जतिसक्दो छिटो छरितो पत्रकारीताका मूल्य र मान्यतालाई आत्मसाथ गर्दै तथ्यपूर्ण र सन्तुलित बनाएर आम दर्शककोबीचमा पु¥याउने उद्धेश्यका साथ काम गरिरहेको छ ।
दक्षिण एसियाली समुदायलाई अमेरिकी मुख्य धारसंग जोड्न, व्यपार, कला, संस्कृति र पहिचानलाई स्थापीत गर्दै एक अर्कामा साटासाट गर्न समेत टिभी सन्डेले सहयोगी सामग्री प्रसारण गर्ने छ ।
अहिले समाचारको गति छिटो बनेको छ । जसलाई टिभी सन्डेले पनि आत्मसाथ गर्दै यही रफ्तारमा अगाडि बढ्ने छ । हामी हरेक समाचारमा उत्कृष्टता र नविनताको खोजि गरिरहने छौं ।
हाम्रा दर्शकहरुको सुविधाका लागि हामीले टिभी सन्डेको डिजाईन र सामग्रीहरुलाई समय सापेक्ष परिमार्जित र परिस्कृत गर्दै अगाडि बढ्ने प्रतिवद्धता समेत व्यक्त गर्दछौं ।
हामी एक व्यवस्थित र अनलाईनमा आधारीत रहेर भिडियो सामग्री मार्फत अनलाईन टेलिभिजनलाई पत्रकारीतामा स्थापित गर्ने सोचका साथ अमेरिकाको न्यूयोर्कबाट संसारका विभिन्न मुलुकमा रहेर समाचार र सूचनाहरु प्रशारण गर्ने छौं । टिभी सन्डेको अनलाईन मार्फत यहाँहरु समक्ष हामी अडियो, भिडियो, फोटो र समाचार सामग्रीहरु प्रसारणका लागि पूर्ण तयारीका साथ आएका छौं । दक्षिण एसियाली मुलुकहरुको हरेक क्रियाकलापलाई विश्वसामु पु¥याउनु हाम्रो मुख्य लक्ष्य र काम हुने छ ।
टिभी सन्डेका हरेक सामग्रीलाई गहिरो खोज, अनुसन्धान, तथ्य र प्रमाणमा आधारीत बनाउँदै याहाँहरु समक्ष प्रस्तुत गर्ने छौं ।
फेरीपनि काम गर्दै जाँदा धेरै कमिकमजोरी हुन सक्छन् । यसमा यहाँहरुको साथ सहयोग, सल्लाह र हौसला आवश्यक रहने छ । सम्पूर्ण पाठक एवं दर्शकहरुलाई हामीसंगै जोडिनुभएकोमा हार्दीक आभार प्रकट गर्दै यहाँहरुको साथ सहयोग र सुझावले हामीलाई आगामी दिनमा अझै परिस्कृति र परिमार्जीत हुँदै अगाडि बढ्न हौसला प्रदान गर्ने छ । त्यसैले यहाँको कुनै सुझाव सल्लाह भएमा हामीलाई दिनुहुन समेत अनुरोध गर्दछौं ।
उद्घाटन कार्याक्रमका केही झलकहरु