सरकार गठन भएको लामो समयसम्म पनि मन्त्री परिषद विस्तार गर्न नसकेका शेरबहादुर देउवा र सत्ता साझेदार दलका शिर्ष नेताहरु आईतवबार पटक पटक छलफल र बैठकमा बसे तर मन्त्री परिषद विस्तारका बारेमा सहमति जुटाउन सकेनन् ।
आइतबार विहानै प्रधानमन्त्री निवासमा भेटेका प्रचण्ड, माधव र शेरबहादुर देउवा दिनभर आफ्ना पार्टी काममा र आन्तरकि छलफलमा व्यस्त भएपनि साँझ फेरी भेट गरे । तर साँझको बैठकमा पनि मन्त्रीहरुको भागबण्डा मिल्न नसकेपछि फेरी सोमबार बैठक बस्नेगरी छुट्टीएका छन् ।
सोमबार साँझसम्म मन्त्री परिषद विस्तार गर्ने तयारी गरेका प्रधानमन्त्री देउवाले आफ्नै पार्टि भित्र पनि मन्त्रीहरुको टुंगो लगाउन नसकेको बताइने गरेको छ । यसैगरी प्रचण्ड, माधव नेपाल, बावुराम भट्टराई, महन्त ठाकुर लगाएतले तृतृत्व गरेको दलमा पनि मन्त्री आकाँक्षी धेरै भएपछि मन्त्री मण्डल विस्तरामा ढिलाई हुँदै गएको छ । सरकार गठन भएको १ महिना वितिसक्दा पनि मन्त्री परिषदले पूर्णता नपाउँदा सरकारले प्रभावकारी रुपमा काम गर्न सकिरहेको छैन ।