भदौ, १२
एमाले अध्यक्ष केपी ओलीले माधवकुमार नेपालले नयाँ पार्टी गर्दैमा एमालेलाई कुनै असर नपर्ने बताउनुभएको छ ।ललितपुरमा आयोजित युवासंघको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले ठूलो रुखबाट केही पात झर्दैमा रुखलाई कुनै असर नपरेजस्तै एमालेबाट केही व्यक्ती बाहिरीदैमा पार्टीलाई कुनै असर नपर्ने बताएका हुन । उनले त्यस्ता एक दुई पात पहेंलिएर झर्दैमा रुख नढल्ने भन्दै एमालेलाई रुखको संज्ञा दिए।
जसरी रुखबाट पुराना पात झर्दै र नयाँ पात आउँदै गर्छन त्यस्तै पार्टी जीवनमा पनि यस्तो नियम लागुहुने बताए। उनले पातहरू खस्दैमा पिर मानेर आफुहरु नबस्ने भन्दै बाँकी रहेका पात र हाँगाहरुलाई थप बलियो र भरिलो बनाउँदै अगाडि बढ्न बताए ।
ओलीले आफ्नै शैलीमा भने ‘एमालेलाई सिध्याउँछु, देशलाई अफ्ठ्यारो पार्छु भनेर लागे। विदेशी दाललीमा कसम खाएर लागेपछि सम्झाएर हुन्छरु पार लाग्दैन। सम्झाउन खोजेँ पार लागेन, । उनले एमाले विभाजन नभएको तर्क गरेका छन् । ‘एमाले फुटेको होइन, पार्टीको हित र जनताको भलाई नचाहानेहरु बाहिरिएका हुन्। अहिले एमाले औपचारीक विभाजन भईसकेको छ । एमालेबाट वाहिरीएका माधव नेपाल लगाएतका नेताहरुले नयाँ पार्टी दर्ता गरेर आफ्ना गतिविधि सुरु गरिसकेका छन् ।