१२ भदौ, काठमाडौं ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा युवाहरु अगाडि बढ्नुपर्ने बताएका छन् ।
शनिवार आयोजित एक कार्यक्रममा प्रचण्डले युवाहरु तयार हुँदा आफु नेतृत्व छाड्न खुसीसाथ तयार हुने बताएका हुन ।
जस्तो माहोल र उपस्थिती छ सोही अनुसारको भाषण कला भएका प्रचण्डले वाईसिएलको कार्यक्रममा युवाहरुलाई पार्टी अगुवाई गर्ने क्षमताका साथ अगाडि आउन आव्हान गरेका हुन ।
युवाहरु तयार भएपछि आफू राजनीति भन्दा भिन्न भूमिकामा रहने समेत खुलासा गरे । तर भिन्न भूमिकाका बारेमा भने धेरै खुलाएनन् ।
जनयुद्धको समयमा भन्दा युवाहरुमा विलाशिताको भोक बढेको भन्दै प्रचण्डले अहिलेका युवा पद र प्रतिष्ठाको पछि लागेको बताए । ‘हिजो युवाहरुमा अप्ठेरो कामको जिम्मा आफूले पाउन पाए हुन्थ्यो भन्ने थियो, अहिले मलाइ यो पदमा पठाइयोस् भन्ने प्रवृत्ति देखिएको छ’ उनले भने ।
माओवादीले २० प्रतिशत युवालाई केन्द्रीय समितिमा राख्ने निर्णय गरेको भन्दै प्रचण्डले भने राष्ट्रिय राजनीतिमा अरु पार्टी भन्दा माओवादी अलग देखिनुपर्ने छ ।
यसै बेला अध्यक्ष प्रचण्डले पार्टी अध्यक्ष र प्रधानमन्त्री पद आलोपालो गर्ने भनेर एमाले अध्यक्ष केपी शर्मा ओलीले भनेपनि त्यसलाई कार्यन्वयन नगरेर जालझेल गरेको बताएका ।
माओवादी केन्द्र र एमालेबीच एकता हुँदा ओलीले अध्यक्ष र प्रधानमन्त्री पद आधा आधा समय हुने भनेर हस्ताक्षर गरेको तर पछि नमानेको उनको भनाइ थियो ।