अफगानिस्तानबाट गरिरहेको उद्धार उडानलाई अन्तिम समयसम्म जारी राख्ने अमेरीकाले बताएको छ । तालिवान समुहले सत्ता कब्जा गरेसंगै विभिन्न देशले आफ्नो नागरिकलाई देश फिर्ता गरिरहेका छने भने अमेरीका लगाएतका केही देशहरुले अफगानिस्तान छाड्न चाहनेहरुका लागि उद्धार गरिरहेका छन् ।
अहिले धेरै अफगानिस्तानीहरु आफ्नो देश छाड्न चाहिरहेका छन् । अमेरिकारले अफगानिस्तानबाट १ लाख ११ हजार भन्दा बढि मानसिहरुको उद्धार गरिसकेको जनाएको छ ।
अहिलेपनि हजारौं मानिसहरु आफगानिस्तानको एयरपोर्टमा उद्धारको पर्खाईमा रहेका छन् । यस अघिनै अमेरिकराष्ट्रपति जो वाईडेनले उद्धारको कार्या जारी रहने बताएका थिए । उद्धारको मिसनलाई पुरा गरेरै छाड्ने राष्ट्रपति वाईडेनले बताएको विविसीले समाचार लेखेको छ ।