विमति हुँदैमा पार्टीमा आगो लगाउन हुन्न : एमाले नेता पाण्डे

चितवन, १२ भदौ

नेकर्पा एमालेमा माधव नेपाल समुहको नेता भनेर चिनिएका र पछिल्लो समय माधव नेपालले दर्ता गरेको नयाँ पार्टीमा नगएका नेता सुरेन्द्र पाण्डेले विमति हुँदैमा पार्टी विभाजन गर्ने कुरा राम्रो नभएको बताएका छन् ।
पार्टी विभाजन कमजोर मानसिकताबाट जन्मने कुरा भएको भन्दै पाण्डेले पाटीै जीवनमा धेरै असहमति र असन्तुष्टि रहन सक्छन् तर ती सबै एकै स्थानमा बसेर समाधान गर्ने हो पार्टी विभाजन गर्ने ाहेईन ।

लामो त्याग र बलिदानीबाट स्थापीत नेकपा एमाले विभाजन हुँदा नेपाली कम्यूनिष्ट आन्दोन र जनताका आशा र आकांक्षमा समेत कुठाराघात भएको भन्दै आफुलाई चित्त नबुझेका विषयमा पार्टि भित्रै बसेर अन्तरसंघर्ष गर्ने बताएका छन् ।

नेकपा एमाले का स्थायी कमिटी सदस्य एवंम पूर्वअर्थमन्त्री समेत रहेका पाण्डेले पार्टीमा अन्तरसंघर्ष हुँदैमा नयाँ पार्टी खोलेर जाने कुरा उपयुक्त नभएको बताएका छन् । चितवनको सौराहामा शुक्रबार साँझ पत्रकारसँग कुरा गर्दै उनले मूल विषयमा सहमति भइसक्दा पनि एउटै पार्टीमा बस्न नमानेर अलग्गै पार्टी निर्माण भएको बताए । ‘आफैँले निर्माण गरेको पार्टीमा विमति भए अन्तरसंघर्ष गर्न सकिन्छ तर घरमा आगो लगाउन हुन्न,’ उनले भने । एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले हालै मात्र नेकपा ९एकीकृत समाजवादी० गठन गरेका थिए । ‘संविधान र पार्टीको विधान नै उल्लंघन भएको बेला पार्टीभित्र अन्तरसंघर्ष एउटा क्लाइमेक्समा पुगेको थियो, तर अदालतले ती सबै निर्णय बदर गरेपछि हामी पार्टीभित्रै फर्कने वातावरण बनेको थियो,’ नेता पाण्डेले भने, ‘एकताका लागि स्वंयम नेता नेपालले नै पहल गर्नु भएको थियो, उहाँ छुट्टिनुको विविध कारण होला ।’