बाल्टिमोर,
सपनाको देश अमेरिका आएर पनि मातृभूमी नेपालको समृद्धिमा कसरि योगदान दिन सकिन्छ भनेर अहोरात्र चिन्तन गर्ने नेपालीको संख्या अमेरिकामा ठूलो छ तर त्यस्तो चिन्तनलाई साकार पर्ने नेपालीको संख्या भने वास्तवमै सिमित छ । तिनै सिमित नेपाली मध्येका एक हुन् गोर्खा तान्द्रागं घर भई बाल्टिमोरमा व्यवसाय गर्दै आइरहेका गणेश लामिछाने ।
गणेश मध्यमवर्गीय किसान परिवारमा जन्मिए हुन । उनका बुबा किसान थिए तर छोराको शिक्षादिक्षामा कुनै कमि हुन दिएनन् । उनी एक फराकिलो क्षितिजको खोजीमा थिए जहाँ आफ्नो क्षमताको भरपुर उपयोग गरी अन्य मानिसको जीवनमा सकारात्मक प्रभाव पार्न सकियोस भन्ने हुटहुटिले उनलाई सपनाको देश अमेरिका ल्याई पु–यायो ।
नयाँ मुलुकमा हरेक आप्रवासीले सुरुवातका दिनमा भोग्ने स्वभाविक अन्योल र निरासा शुरुभएको उनको अमेरिकी जीवनमा त्यतिबेला उमंङ्ग र उर्जाको सुरुवात भयो । सन् २०१४ बाट शुरु भएको व्यवसायीक यात्राको छोटो समयमै उनि नेपाली अमेरिकी डायस्पोरामा एक सफल व्यवसायीको पहिचान बनाउन सफल भए । हामीसंगको कुराकानीका क्रममा गणेशले भने “लगनशीलता, इमान्दारिता र परिवारिक सहयोग नै मेरो सफलताको राज हो” । उनलाई जीबनसाथी गंगाको ठूलो साथ छ । गंगा आफै पनि व्युटी सैलुन सञ्चालन गर्छीन । “यो केवल शुरुवात हो, लामोबाटो तय गर्नुछ” उनले थपे । बाल्टिमोरलाई कर्मभूमी बनाएका गणेश हाल, ग्यास स्टेशन, होलसेल, ब्युटी सैलुन, रेष्टुराँ तथा अन्य खुद्रा व्यवसायमा संलग्न छन् ।
नेपाली व्यवसायीलाई प्रोत्साहन गर्न प्राइम होलसेल
व्यवसायमा सधै नयाँ प्रयोग गर्न रुचाउने गणेशको एक नयाँ सपना र सोचको उपज हो प्राइम होलसेल । जसलाई नेपालमा रहेका उद्यमीहरुलाई कसरि सहयोग गर्न सकिन्छ भन्ने सोचको वाइप्रडक्टको रुपमा लिन सकिन्छ । अमेरिकामा व्यवसाय सञ्चलान गरेदेखी नै नेपालमा रहेका उद्यमीलाई कसरी प्रोत्साहन गर्न सकिन्छ भन्ने हुटहुटी उनमा थियो ।
“नेपालको परम्परागत, संस्कृतिक र मौलिक बस्तुहरुको प्रवद्र्धन गर्दै त्यस्ता उद्यमीलाई दिगो व्यवसायमा साघाउने हाम्रो मुल लक्ष्य हो” गणेश भन्छन् । आजको समय अनलाइन व्यवसायको हो जसमार्फत विश्वभरका ग्राहकसंग सजिलै पुग्न सकिन्छ । प्राइम होलसेल अनलाइनमार्फत नेपाली मौलिक वस्तु व्यापार गर्ने प्लेटफर्म हो । यसको आधिकारिक वेभसाइट www.primewholesalemd.com मार्फत नेपालको पञ्चे बाजादेखी, मादल, सारङ्गी सबै किन्न सकिन्छ । वेभसाइटको अलावा फेसबुक, टिकटक, इन्टाग्राम जस्ता सामाजीक सञ्जालमा डाइरेक्ट म्यासेज गरेर पनि सामान अर्डर गर्न सकिन्छ । विभिन्न डिजाइनका साडी, व्लाउज, कुर्ता सलवार देखी दौरा सुरुवालको अनलाइन भण्डार हो प्राइम होलसेल ।
नेपाली हस्तकलाका सामानहरु, थांङ्का, गलैँचा, पस्मिना, कार्पेटदेखी भगवानका मुर्तीहरु पनि यो अनलाइन स्टोरमा पाइन्छ । गुन्द्रुकदेखी मुलाको अचारसम्म पाइने यो स्टोरमा पुस्टकारी, गुदपाक, तितौरा जस्तो मौलिक नेपाली परिकार पनि पाइन्छ । नेपालमा उत्पादन हुने तामाका भाडाँहरु, काठ र माटाका भाँडादेखी आँखिझ्यालसम्मको समग्र वस्तु पाइने यस्तो अनलाइन स्टोर अमेरिकामै पहिलो भएको गणेशको दाबी छ ।
सोसल मिडिया र अनलाइनमा राम्रो उपस्थिति भएको प्राइम होलसेललाई ग्राहकको कमी छैन, बरु अर्डर अनुसार सामान सप्लाइमा भ्याइनभ्याइ छ । “नेपालमा उत्पादन हुने प्रायः सबै सामान हामीसंग छ यदि नभएका सामानको अर्डर आएमा पनि छोटो समयमै उपलब्ध गराउन सक्छौैंै” गणेश भन्छन । प्राइमले बाल्टिमोरमा भएको वायरहाउसबाट अमेरिकाभरि एकसाताभित्र डेलिभरि गर्न गरेको छ । “हामी के बेच्छौँ भन्दा पनि किन बेच्छौँ भन्ने कुरा मुख्य हो, हाम्रो एकमात्र उदेश्य नेपालमा रहेका व्यवसायलाई सघाउने हो, उनीहरुको समान अमेरिका जस्तो विशाल बजारमा प्रवद्र्धन गर्नु भनेको नेपाली उद्यमीलाई नै टेवा पु¥याउनु हो” गणेश भन्छन् ।
अमेरिकामा मादल बज्दा होस् वा पञ्चेबाजा घन्किदा, गर्वलाग्ने त हामीलाई नै हो । नेपाली समानका अलावा अन्य समानहरु पनि पाइन्छ । बाल्टिमोर क्षेत्रमा ग्यास स्टेशन र कन्भिनेन्ट स्टोरमा संलग्न गणेशले अनलाइन व्यवसायमा हात हाल्नुको एकमात्र कारण नै नेपाली सामानको अमेरिकामा प्रवद्र्धन गरी नेपालमा रहेका उत्पादक तथा उद्यमीलाई आर्थीक टेवा पु¥याउनु हो । “मातृभुमीबाट जति नै टाढा रहे पनि नेपालको माया मार्न सकिन्न, यहाँबाट आफुले जे जानेको क्षेत्रमा सहयोग गर्नसके त्यहाँ रहेका उद्यमी दाजुभाइलाई प्रोत्साहन मिल्छ भन्ने उदेश्यले नै यो व्यवसायको शुरुवात गरेको हँु” गणेश भन्छन ।