काबुल ९ एजेन्सी, ५ भदौ
अफगानिस्तानमा संघर्षरत तालिवान समूहले सत्ता कब्जा गरेसंगै अफगानिस्तानको अवको शासन व्यवस्था कस्तो रहने भन्ने बारे संसारभर चर्चा चलिरहेको छ । विद्रोही समुहले आफुहरुको एउटा लक्ष्य पुरा भर्यसकेको भन्दै अब देशमा शान्ति अमनचयन र विकासका गतिविधिमा केन्द्रीत हुँदै जाने बताईसकेको छ । सत्तता सञ्चालनमा आएको तालिवान समुहले सत्ता सञ्चालनमा आएको दोस्रो दिननै पत्रकार सम्मेलन गरि आफुहरु देशको विकास र समृद्धिका लागि प्रतिवद्ध रहेको बताईसकेको छ । तथापि तालिवान समुहले विदेशी सुरक्षाकर्मीलाई सहयोग गर्नेहरु र उनका परिवारलाई खोजि गरीरहेको भन्ने आरोप भने लागिरहेको छ । यसैबीच विद्रोही समूह तालिवान नयाँ शासकीय ढाँचा निर्माणमा जुटेको छ । केही साताभित्र नयाँ सरकारको ढाँचा सार्वजनिक गरिने तालिवानले जनाएको छ । ‘तालिवानले आगामी केही हप्तामा अफगानिस्तानको लागि नयाँ शासकीय ढाँचाको अनावरण गर्ने लक्ष्य राखेको छ ।
तालिवानका कानूनी, धार्मिक र विदेश नीति विशेषज्ञहरुले आगामी केही सातामा नयाँ शासकीय ढाँचा प्रस्तुत गर्ने लक्ष्य लिएको छ ।अमेरिकी सेना फिर्ता भएसँगै अफगानिस्तानमा तालिवानले सत्ता कब्जा गरेको छ । बहालवाला राष्ट्रपति अशरफ घानी देश छोडेर युएईको शरणमा छन् ।