गंगादत्त शर्माले एनआरएनए टेक्ससको उपाध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका छन् । संघारमै आइसकेकाले उनि चुनावको तयारीमा धमाधम लागिपरेका छन् ।
शर्मा आफू एनआरएनएका परियोजना तथा अभियानहरुलाई टेक्सास क्षेत्रका हरेक शहरहरुमा बसोबास गर्ने प्रत्येक नेपाली आप्रवासीहरुको पहुँचमा पुर्याउन प्रतिबद्ध रहेको बताउँछन् ।
एनआरएनएको निर्धारित लक्ष्य पूरा गर्ने प्रतिबद्धता साथै विभिन्न स्थानीय सामाजिक संगठनहरूसँग समन्वय गरेर टेक्ससमा रहेका विभिन्न संघसंगठनहरूको डाटाबेस तयार गर्ने उनको पहलले अन्य उम्मेदवारहरूको तुलनामा आफ्नो चुनावी अभियानलाई भिन्न बनाउने कुरामा उनी विश्वस्त छन् ।
शर्मा अगाडि थप्छन्, “टेक्ससमा बस्ने नेपाली व्यापारी र उद्यमीहरूको डाटाबेस पनि तयार गर्ने योजना बनाएको छु ।”
नेपालस्थित चितवनमा जन्मिएका गंगादत्त शर्मा झण्डै पन्ध्र वर्ष अघि मनभरि आशा र मस्तिष्कमा सपना बोकेर अमेरिका पसेका थिए । आज उनको टेक्ससमा आफ्नै व्यवसाय छ । साथै उनी विभिन्न सामाजिक संगठनहरू मार्फत् समाज सेवामा लगायत सामुदायिक गतिविधिमा पनि सक्रिय छन् ।
नेपालमा रहँदा विभिन्न सामाजिक संस्था, सहकारी लगायतको संलग्नता जस्ता विगतका गतिविधिबाट प्राप्त गरेको अनुभव तथा सिकाइ एनआरएनएमा आफ्ना लक्ष्यहरू प्राप्त गर्नका लागि धेरै उपयोगी हुन सक्ने शर्माको भनाइ छ ।
Classified स्थानीय सामाजिक संस्थासंग सहकार्य गर्नेछुः गंगादत्त शर्मा, उपाध्यक्षका उम्मेदवार टेक्सास च्याप्टर