कृष्ण न्यौपानेले २०२१−२०२३ कार्यकालका लागि एनआरएनए टेक्ससको सचिवका पदका लागि उम्मेदवारी पेश गरेका छन् ।
हाल टेक्ससस्थित ह्युस्टनमा बसोबास गर्दै आएका, व्यवसायमा संलग्न न्यौपाने चुनाव नजिकिँदै गर्दा थप उत्साहित भएको बताउँछन् ।
उनी एनआरएनएको समावेशी नीतिप्रति कृतज्ञ छन् जसले उनी जस्ता युवालाइ समेत उम्मेदवारको रूपमा चुनावमा भाग लिने अवसर प्रदान गरेको छ ।
सचिवको जिम्मेवारी भनेकै अध्यक्षलाई संस्थाको लक्ष्य पूरा गर्न मद्दत गर्ने र संगठनको दैनिक कार्यहरू सहज रूपमा सञ्चालन गर्नमा आधारित भएकाले न्यौपानेले निर्वाचित हुने अध्यक्ष तथा अन्य सदस्यहरूसँग मिलेर संस्थाको निर्धारित लक्ष्य हासिल गर्न अगाडि बढ्ने आशा गरेका छन् ।
अध्यक्ष पदकका उम्मेदवारले अघि सारेको नीतिअनुरुप स्थानीय व्यापारी र उद्यमीहरूको ‘डाटाबेस’ संकलन तथा व्यवस्थापनको तयारी गर्ने न्यौपानेको योजना छ ।
उनी नतिजामुखी कार्यशैलीमा विश्वास गर्ने भएकाले मीठा सपनाहरु बाँडेर मतदाताहरुमा उच्च आशा फैलाउनुको सट्टा संगठनको भलाइका लागि काम गर्ने प्रतिवद्धताका साथ चुनावमा होमिएका छन् ।
Community नतिजामुखी कार्यमा विश्वास गर्छुः कृष्ण न्यौपाने, सचिवका उम्मेदवार टेक्सास च्याप्टर