काठमाडौं, मलेसियामा साथीको हत्या गरेर फरार बनेका एक नेपाली युवक काठमाडौंमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा महोत्तरीको गौशालाका अनिलकुमार साह रहेको नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिए ।
साहले मङ्सिर २५ गते झापाका धनबहादुर प्रधानको हत्या गरी नेपाल आउन लागेको उजुरी परेपछि उनलाई विमानस्थलबाटै पक्राउ गरेको प्रहरी नायब महानिरीक्षक कडायतले बताए।
उनीविरुद्ध ज्यानसम्बन्धी कसुर मुद्दामा जिल्ला अदालत काठमाडौंबाट पाँच दिनको म्याद लिइ इन्टरपोलमार्फत् मलेसियन प्रहरी र मलेसियास्थित नेपाली राजदूतावासँग समन्वय गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।