सवारी दुर्घटनामा परि चितवनमा वडासदस्यको मृत्यु

काठमाडौं। चितवनको माडीमा मोटरसाइकल दुर्घटनामा परेर वडासदस्यको ज्यान गएको छ।माडी नगरपालिका–१ गर्दिमा हिजो बेलुका बाग्मती प्रदेश ०३०४ प ८९१७ नम्बरको मोटरसाइकललाई नम्बर नखुलेको गाडीले ठक्कर दिँदा माडी–२का वडासदस्य ६० वर्षीय जीवलाल लुइँटेलको ज्यान गएको हो।

उहाँ नेपाली कांग्रेसबाट वडा सदस्यमा निर्वाचित हुनुभएको थियो। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार ठक्कर दिने ट्र्याक्टर भएको अनुमान गरिएको र केही ट्रयाक्टरलाई नियन्त्रणमा लिएर अनुसन्धभान भइरहेको छ।

लुइँटेल नेपाली कांग्रेसबाट निर्वाचित वडा सदस्य हुन। केही दिनअघि पनि माडीमा भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको थियो ।