काठमाडौं। नारायणगढ–मुग्लिन सडकखण्ड पुस ७ गतेदेखि तीन हप्ता दैनिक ४ घण्टा बन्द हुने भएको छ। तुइन खोलामा पुल निर्माणका लागि पहाड काट्नुपर्ने भएपछि ७ गतेदेखि २१ दिनसम्म बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक बन्द गर्ने सहमति भएको छ।
हिजो चितवन, धादिङ र गोरखाबीच भएको समन्वय समिति बैठकमा तीन हप्ता सडक बन्द गरेर पहाड काट्ने र पुलका लागि फाउण्डेशन तयार गर्ने निर्णय भएको चितवनका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले जानकारी दिनुभयो।
अघिल्लो वर्ष पनि यो सडक खण्डमा पुल निर्माणका लागि पुस ५ गतेदेखि सडक बन्द गरेर पहाडको भित्ता काट्ने काम गरिएको थियो । यो वर्ष पनि आउँदो शनिवारदेखि तीन हप्ता दैनिक ४ घण्टा सडक बन्द गरेर काम गरिने नारायणगढ–मुग्लिन सडक आयोजनाले जनाएको छ ।