जनप्रगतिशील मञ्च जापानले जनवरी २८ मा अधिवेशन गर्ने

काठमाडौं।नेपाली जनप्रगतिशील मञ्च जापानको अधिवेशन आगामी जनवरी २८ मा हुने भएको छ। प्रवासी नेपालीहरूमा आपसी सद्भाव,भाइचारा र एकताको अभियान ज्ञान सिप र पुँजीको लगानीसहित संमृद्ध नेपालको लागि नबौँ अधिवेशन भन्ने मूल नाराकासाथ टोकियोमा अधिवेशन गर्न लागिएको हो।

मञ्चको तयारी बैठक बसी, जनवरी २८ तारिखका दिन अधिवेशन गर्ने निर्णय गरिएको मञ्चका महासचिव बाबुराम पौडेलले जानकारी दिए। जनप्रगतिशील मञ्च जापानले भर्खरै जाजरकोट र रुकुमका भूकम्प पीडितका लागि आर्थिक सहयोग सङ्कलन गरी नेपाल पठाएको थियो।

नेपालमा आई पर्ने यस्ता खाले विपतहरुमा हातेमालो गर्नका लागि पनि प्रवासमा यस्ता संस्थाहरुको खाँचो रहेको मञ्चका अध्यक्ष भवानी पन्त बत्ताउँछन्। मञ्चले यसै कार्यकाल भित्र हालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई समेत जापान घुम्ने अवसर मिलाएको थियो।

मञ्चले क्षेत्रीय अधिवेशन समेत गरिसकेको छ भने आगामी जनवरीमा हुने अधिवेशनको प्रचारलाई तीव्रता दिँदै तयारी थालेको छ। यो अधिवेशनले आगामी दुई बर्से कार्यकालको लागि नयाँ नेतृत्व चयन गर्नेछ।