काठमाडौं। एनआरएनए बहराइनले आगामी १५ डिसेम्बरमा निःशुल्क स्वास्थ्य शिविर गर्ने भएको छ। गैर आवासीय नेपाली संघ राष्ट्रिय परिषद् बहराइन र अल हिलाल हस्पिटल एण्ड मेडिकल सेन्टरको सहकार्यमा बहराइनमा बस्ने नेपालीहरुका लागी स्वास्थ्य शिविरको आयोजना गरिएको हो।
उक्त शिविरमा ब्लड प्रेसर, सुगर, कोलेस्ट्रोल लगायतका विभिन्न चिकित्सकीय सेवाहरू निःशुल्क हुने एनआरएनए बहराइनले जनाएको छ।
बहराइनमा बस्ने सम्पूर्ण नेपालीहरूका लागि गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बहराइनद्वारा आयोजित उक्त शिविर अल हिलाल हस्पिटल एण्ड मेडिकल सेन्टर हिदमा बिहान ७ बजेबाट शुरु हुनेछ।
आयोजकलेले शिविरमा उपस्थित भई आफ्नो स्वास्थ्य जाँच गरि मौकाको फाइदा लिन पनि सम्पुर्ण नेपालीहरुलाई आग्रह समेत गरेको छ।