काठमाडौं। नेपाल दूरसञ्चार प्राधिकरणले तीन कम्पनीको अनुमतिपत्र खारेज गरेको छ।
इन्टरनेट(इमेलसहित)को दूरसञ्चार सेवा सञ्चालन गर्न अनुमति पत्र प्राप्त गरेका युनाइटेड टेलिकम, म्याक्स नेट सोलुसन र चितवन नेटवर्क प्रालिको अनुमति पत्र खारेज गरिएको प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार ती कम्पनीहरुले तोकिएको समय अवधिभित्र अनुमतिपत्र नवीकरणका लागि निवेदन पेस नगरेकाले अनुमति पत्र स्वतः खारेज भएको हो।
ती कम्पनीहरुलाई ३० दिनभित्र सम्पर्क गरी नियमानुसार तिर्नुपर्ने रकम तिर्न अनुरोध गर्दै प्राधिकरणले अन्यथा प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अगाडि बढाइने चेतावनी दिएको छ।