काठमाडौं। चितवनमा बोलेरोले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ भने १जना घाइते भएका छन्।
प्रहरीका अनुसार माडिको बरुवास्थित चिताई खोला पुलमा हिजो साँझ लु२च २५०८ नम्बरको बोलेरोले वा.प्र.०६००१प ४०९३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा सोमेश्वर माध्यमिक विद्यालयका शिक्षक बेगबहादुर खत्रि र लेखापाल सूर्य अधिकारी मृत्यु भएको हो।
यस्तै अर्का शिक्षक भवानीप्रसाद पौडेल घाइते भएका छन्। बोलेरोको ठक्करबाट गम्भीर घाइते भएका खत्रीको बगौडा अस्पतालमा र अधिकारीको भरतपुरमा उपचारका क्रममा मृत्यु भएको हो।
मृतक पौडेल माडी नगरपालिका–१ निवासी र खत्री सुर्खेतको सिन्ता गाउँपालिका–३ आग्रीगाउँ निवासी हुन्। दुर्घटनामा घाइते स्याङ्जा घर भएका पौडेलको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ।उनको अबस्था मध्यम छ। ठक्कर दिने बोलेरो र चालक प्रहरी नियन्त्रणमा रहेका छन्।