काठमाडौं।पोर्चुगलका लागि प्रस्तावित राजदूत शनिल नेपालको नाम संसदीय सुनुवाई समितिले सर्वसम्मत रुपमा अनुमोदन गरेको छ।
राजदूतका लागि सरकारले प्रस्ताव गरेको नेपालको नाम समितिको हिजोको बैठकबाट सर्वसम्मतिले अनुमोदन भएको हो। समितिको बैठकमा प्रस्तावित राजदूत नेपालले पोर्चुगलबाट हरेक वर्ष नेपालमा १० हजारको सङ्ख्यामा पर्यटक भित्र्याउने गरी काम गर्ने दाबी गर्नुभएको थियो ।
गएको कात्तिक २ गतेको मन्त्रिपरिषद् बैठकले पोर्चुगलमा नेपाली दूतावास खोल्ने र राजदूतमा नेपाललाई नियुक्त गर्ने निर्णय गरेको थियो । पछिल्लो समय पोर्चुगलमा जाने नेपालीको सङ्ख्या बढ्न थालेको छ । विशेषगरी कृषि क्षेत्रमा कामदार र अध्ययनका लागि नेपालीहरु पोर्चुगल जाने गरेका छन् ।