काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति तथा सांसद डा.स्वर्णिम वाग्लेले एनसेलको खरिद–बिक्री प्रकरणमा आजियाटाका सीईओलाई नै पत्र काट्नुपर्ने बताएका छन्।
आजको अर्थ समितिको बैठकमा बोल्दै सांसद वाग्लेले सीईओलाई पत्र काटेर समितिमा बोलाउनुपर्ने बताए।
उनले भने,“नेपालमा लगानी गर्न उचित छैन भन्ने प्रचार आजियाटाले गरेको छ, समितिले नै पत्र काटेर बोलाउनुपर्छ, बरू के सहयोग चाहिन्छ, हामी त्यो गर्न तयार छौँ ।”