जब शिक्षकले वालिकालाई घरमै पुगेर मरणासन्न हुने गरी कुटे

काठमाडौं। तपाई हामीले शिक्षकले स्कुलमा शिक्षकले विद्यार्थी कुटेका त घटनाहरु सुन्दै आएका थियौं तर शिक्षकले विद्यार्थीलाई घरमै पुगेर त्यो पनि लठ्ठिले मात्रै होइन लात्तैलात्ताले कुटेर घाइते बनाएको कतै सुन्नु भएको थियो।हो यो घटना विदेशको होइन हाम्रै नेपालको त्यो पनि पश्चिम नवलपरासीको घटना हो। त्यहा एक शिक्षकले जम्मा नौ वर्षकी बालिकालाई उनको घरमै पुगेर लात्तैलात्ताले र लठ्ठि नै लठ्ठिले बाबुआमाकै अगाडी निर्घात रुपले मरणसन्न हुने गरि कुटेका छन्।

पश्चिम नवलपरासीको सरावल गाउँपालिका ७ बर्गदवामा रहेको बर्दघाट कालिका इङ्ग्लिस स्कुलमा कक्षा एकमा अध्ययनरत ९ वर्षीया कञ्चना राजभरलाई विद्यालयको सहायक प्रधानाध्यापकसमेत रहेका शिक्षक निरञ्जन यादवले निर्घात कुटपिट गरेका हुन्। बालिकाको घरमा गएरसमेत विद्यालय किन नआएको भन्दै कुटपिट गरेका यादवले विद्यालय गाएपछि लौरो र लात्तीले पिटेर गम्भीर बनाएका छन् ।

कुटपिटबाट बालिकाको शरीरमा राता राता नील डामहरू बसेका छन्। बालिकालाई मरणासन्न हुने गरी कुटेको र कुटाइबाट ती बालिका हिँड्न नसक्ने अवस्थामा छिन्। छतमा लगेर कुटपिट गरेको र कुटपिट पछि बालिका तल्लो तलामा झर्नसमेत नसकेपछि साथीहरूको सहयोगमा झरेकी थिइन्।घटनापछि विद्यालयमा तालाबन्दी गरिदिएको वडा अध्यक्ष हायात खाँ धुनियाँले जानकारी दिए। शिक्षक यादवले पटक पटक विद्यालयमा बालबालिकालाई कुटपिट गर्दै आएको स्थानीयहरूले बताउछन् ।

स्थानीयले कुटपिट गर्ने शिक्षकलाई कडा कारबाही गर्न माग गरेका छन् भने पीडितले जिल्ला प्रहरी कार्यालयमा पीडितले उजुरी दिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक काजिकुमार आचार्यले पनि कुटपिट गर्ने विरुद्ध कारबाही प्रक्रिया अगाडी बढाउने बताए।कानुनले नै विद्यार्थीमाथी कुटपिट गर्नु र यातना दिनु जघन्य अपराध हो भनेर व्याख्या गरिसकेको अबस्थामा समेत यसरी कुटपिट गरेर बालबालिकाको बाल मनोविज्ञानमै आघात पुराउने शिक्षकलाई तपाई के भन्नुहुन्छ ?