काठमाडौं। नेपाल कराते महासङ्घले आयोजना गरेको सातौँ दक्षिण एसियाली कराते च्याम्पियनसिपको पहिलो दिनमै नेपालले १२ स्वर्ण हात पारेको छ।
पहिलो दिन हिजो २९ स्वर्णको टुङ्गो लाग्दा छिमेकी भारतले १५ स्वर्ण तथा श्रीलंका र बंगलादेशले समान एक/एक स्वर्ण जिते।
प्रतियोगितामा नेपालसहित, भारत, बंगलादेश, श्रीलंकाको एनओसी टिम, भुटान र पाकिस्तान सहभागी छन्। प्रतियोगितामा १ सय ३ महिला र १ सय ३४ पुरुष गरी २ सय ३७ खेलाडी सहभागी छन्।
आज सकिने प्रतियोगितामा ६२ स्पर्धाका लागि प्रतिस्पर्धा भैरहेको छ।




