हमासले रिहा गर्यो २४ जना इजरायली बन्धक

काठमाडौं। इजरायल र हमासबिचको युद्धका क्रममा हमासले आँफुले बन्धक बनाएका २४ जनालाई रिहा गरेको छ।राहत कार्यमा संलग्न संस्था रेडक्रसले सामाजिक सञ्जालमा एक पोष्ट जारी गर्दै भनेको छ,‘२४ जना बन्धकहरूलाई सकुशल रिहा गरिएको पुष्टि गर्न पाउँदा हामी खुसी छौं।’

यसअघि हमासले १३ इजरायली बन्धकहरूअन्तर्गत थाइल्याण्डका केही बन्धकहरूलाई रिहाका लागी राहत कार्यमा संलग्न संस्था रेडक्रसलाई हस्तान्तरण गरेको बताएको थियो। टिभी च्यानल १२ का अनुसार सबै बन्धकहरूलाई रफाह क्रसिङ हुँदै इजिप्ट लगिएको छ।

हमासले बन्धकहरूलाई रेडक्रसलाई कहाँ सुम्पेको हो भन्ने अझै स्पष्ट भइसकेको छैन। इजिप्टले इजरायली बन्धकहरू इजिप्ट पुगेको जानकारी दिएको छ। हालसम्म हमासले १३ इजरायली बन्धकलाई रिहा गरेको समाचार प्राप्त भएको छ।

थाइल्याण्डका प्रधानमन्त्रीले १२ थाई नागरिकलाई रिहा गरेको खबर दिएका थिए।यता हमास र इजरायलबीच मध्यस्थता गर्ने कतारको विदेश मन्त्रालयका प्रवक्ताले रिहा गरिएकामा १३ इजरायली नागरिक, १० थाई र फिलिपिन्सका एक नागरिक रहेको बताएका छन्।