प्रस्तावित ६ न्यायाधीशविरूद्ध उजुरी आह्वान

काठमाडौं। सर्वोच्च अदालतका लागी प्रस्तावित ६ न्यायाधीशविरूद्ध उजुरी आह्वान गरिएको छ। संसदीय सुनुवाइ समितिले आज सार्वजनिक सूचना जारी गर्दै सर्वोच्च अदालतका प्रस्तावित ६ न्यायाधीशविरूद्ध उजुरी आह्वान गरेको हो।

शारंगा सुवेदी, अब्दुल अजीज मुसलमान, महेश शर्मा पौडेल,टेकप्रसाद ढुंगाना, सुनीलकुमार पोखरेल र बालकृष्ण ढकालविरूद्ध उजुरी दिन समितिले आह्वान गरेको हो। दश दिनभित्र समितिको सचिवालय वा ७७ जिल्लाका जुनसुकै जिल्ला प्रशासन कार्यालयमा उजुरी दिन सकिनेछ।

यसैबीच,समितिले पोर्चुगलका लागि नेपाली राजदूत प्रस्ताव गरिएका शनिल नेपालविरूद्ध पनि उजुरी आह्वान गरेको छ। उनीविरूद्ध पनि दश दिनभित्र उजुरी दिन सकिनेछ।