
काठमाडौं। बर्दियामा भिषण आगलागी हुँदा चार जनाको मृत्यु भएको छ। कोठा न्यानो पार्न तसलामा बालेको आगो सल्किँदा गुलरिया नगरपालिका–४ तुलापुरमा भएको आगलागीमा दुई परिवारका चार जनाको ज्यान गएको हो।
ज्यान गुमाउनेमा भरत चन्दका दुई छोरा १८ महिनाका कार्तिक चन्द, सात वर्षीय कृषचन्द र भरतकी दिदी ३६ वर्षीया राधा बुढा र राधाकी छोरी मानषी बुढा रहेका छन्।
आगलागीबाट भरतकी श्रीमती करिश्मा चन्द गम्भीर घाइते हुनुभएको वडा नम्बर ४ का अध्यक्ष सुरेश गौतमले बताउनुभयो। घरमा के कारणले आगलागी भयो भन्ने विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका डीएसपी तुल्सीराम अर्यालले जानकारी दिनुभयो।