काठमाडौँ। संयुक्त अरब इमिरेट्स (यूएई)मा रोजगारीका लागी पुगेकी एक नेपाली महिलाको मृत्यु भएको छ। भिजिट भिसामा यूएई पुगेकी ललितपुरकी २८ वर्षीय महिलाको आफैँ बस्दै आएको भवनबाट खसेर मृत्यु भएको हो ।
मृतक महिलाको शव आवश्यक प्रक्रिया पुरा गरेर हिजो नेपाल पठाइएको एनआरएनए एनसीसी यूएईका अध्यक्ष विकास शाहीले जानकारी दिए।शाहीका अनुसार उनी गत नोभेम्बर ११ मा आबुधाबीस्थित बस्दै आएको भवनबाट खसेकी थिइन्।
उनको‘धेरै उचाइबाट खसेका कारण मृत्यु’भएको भन्ने रिपोर्ट अस्पतालले दिएको छ। उनको दुःखद मृत्युपछि नेपाल एसोसिएसन–एनआरएनए यूएईको टीमले नेपाली राजदूतावासको सहकार्यमा शव नेपाल पठाएको शाहीको भनाइ छ।
पछिल्लो समय यूएईमा भिजिट भिसामा जाने नेपालीहरुको संख्या बढ्दै गएको छ। कतिपय भिजिट भिसाको सहारामा त्यहाँ काम गर्नका लागि जाने तथा कतिपय चाहिँ यूएईलाई ट्रान्जिट बनाएर तेस्रो मुलुक जाने उद्देश्यले पुग्ने गरेको उनीहरुको भनाइ छ।