काठमाडौँ । मेडिकल व्यवसायी समेत रहेका राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंको भक्तपुरस्थित निवासमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचलन गरेर घरभित्रै नजरबन्द गरिएको छ।
राजधानीको तीनकुने क्षेत्रमा शुक्रबार प्रदर्शन गर्ने घोषणा गरेका प्रसाईं निवासमै रहँदा परिसरमा बाक्लो संख्यामा परिचालन गरिएको हो । आँफु घरभित्रै थुनिएपछी प्रसाईंले आफूलाई जहाँ लगेर थुने पनि कुनै आपत्ति नरहेको बताएका छन् ।
सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था परिवर्तन नभएसम्म आन्दोलन जारी राख्ने घोषणा गरेको प्रसाईले शुक्रवार बिहान आफ्नै घरमा जम्मा भएका केही सञ्चारमाध्यमसँग कुरा गर्दै प्रसाईले आफ्ना लागि आन्दोलन नगरी नागरिकका लागि गरेको दाबी गरे ।
‘मलाई यसरी एरेस्ट गर्छन् भने ठिक छ । मलाई कुनै आपत्ति छैन’, उनले भने, ‘म क्यान्सर सरभाईभल मान्छे हो । म कहिलेसम्म बाच्ने हो थाहा छैन ।’ उनले प्रधानमन्त्रीले हिजो के बाचा गरेर आउनुभएको थियो ? त्यो बाचा पुरा गर्नुभएको छ कि छैन ? भनेर प्रश्न समेत गरे ।
उनले आफू जोगी भएर बस्न तयार रहेको भन्दै आज आफ्नो शल्यक्रिया भए पनि नगएर नागरिकका लागि बोल्न लागेको दाबी गरे ।
प्रसाईंले आफु घर एरेस्टमा रहेको भन्दै सरकारले तीनकुनेमा प्रदर्शन नदिएपनि देशभर प्रदर्शन हुने बताए । उनले अहिले आफू हाउस एरेस्टमा रहेपनि भरे आफैं प्रहरी प्रधान कार्यालय उपस्थित हुने बताए ।