काठमाडौँ। काठमाडौंको तीनकुनेबाट दुर्गा प्रसाईं समर्थक ७ जना पक्राउ परेका छन्। तिनकुनेमा जम्मा भएका प्रसाईं समर्थक वीर गोर्खालीका संयोजक सौरभ भण्डारीसहित ७ जनालाई प्रहरी पक्राउ गरेको हो।
स्थानीय प्रशासनको आदेश विपरित तीनकुनेमा जम्मा भएका प्रसाईं समर्थक ७ जनालाई प्रहरीले पक्राउ गरी नजिकैको प्रहरी चौकीतर्फ लगेको हो । प्रहरीले पक्राउ गरेकाहरुको पहिचान खुलाइसकेको छैन ।
स्थानीय प्रशासनले तीनकुने क्षेत्रमा प्रसाई र उनका समर्थकलाई प्रदर्शन गर्न अनुमति दिएको छैन । हिजो बल्खु क्षेत्रमा प्रदर्शन गरेका प्रसाईंले हिजोबाटै व्यवस्था परिवर्तन नभएसम्म आन्दोलन जारी राख्ने घोषणा गर्दै आएका छन् । सोही अनुसार आज उनले तीनकुनेमा प्रदर्शन गर्न थालेका थिए ।