दुर्गा प्रसाईं/महेश बस्नेतको शक्ति प्रदर्शन, कसले जिते कसले हारे ?

काठमाडौं। विहिबार अर्थात मंसिर ७ गते काठमाडौंमा २ बृहत शक्ति प्रदर्शन भए। ति प्रदर्शन थिए दुर्गा प्रसाईँ र महेश बस्नेतका । यी दुबै समुहका नेतृत्वकर्ता प्रसाईँ र बस्नेतले फरक फरक उद्देश्य बताए पनि प्रदर्शन भने एकअर्काविरुद्धकै विरोध, आक्रोश, शक्ति प्रदर्शन र अराजकताका उपज थिए । मेडिकल व्यवसायीसमेत रहेका दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति बचाउ महाअभियान नेपाल र महेश बस्नेतको नेतृत्वमा एमालेको भातृ सगठन युवा संघ नेपाल दुबैले सुरुमा काठमाडौँको माइतिघरमा एकैठाउमा छुट्टाछुट्टै प्रदर्शन गर्ने घोषणा गरेका थिए।

त्यतिमात्रै नभै युवा संघले त दुर्गा प्रसाईलाई काठमाडौं उपत्यका भित्र कुनैपनि ठाउमा प्रदर्शन गर्न नदिने चेतावनी दिदै आएको थिो । यो अराजक अभिव्यत्तिले गर्दा प्रशासनले माइतिघर क्षेत्रमा निषेधाज्ञा लगाएर युवा संघलाई तिनकुने र दुर्गा प्रसाईँ समुहलाई बल्खु क्षेत्रमा कार्यक्रम गर्न अनुमति दियो । त्यसपछी आ आफ्नो स्थानमा सुरु गरेको शक्ति प्रदर्शन समग्रमा तनावरहित भने बन्न सकेन ।

सुरुमा दुवै पक्षले आफ्नो प्रदर्शन शान्तिपूर्ण हुने दाबी गरेपनि प्रसाईं समूहको प्रदर्शन झडपमा परिणत बन्न पुग्यो भने केही व्यक्ति घाइते भए । कार ण थियो, प्रदर्शनको सुरुमा युवा संघका कार्यकर्ता प्रसाईंको प्रदर्शन स्थल प्रवेश गरेर कार्यक्रममा अवरोध गर्न खोज्नु र प्रहरी प्रशासनले रोक लगाउन खोज्नु । त्यसपछी उत्पन्न भएको तनाब झडपमै परिणत हुन पुग्यो, जसलाई नियन्त्रणमा लिन प्रहरीले अश्रु ग्यास र पानिको फोहोरा पटकपटक हान्नुपर्यो ।

प्रहरीले ५ राउण्ड रबरको गोली र १५७ सेल अश्रुग्याँस प्रहार गर्दा झण्डै साढे २ दर्जन प्रदर्शनकारी र प्रहरी घाइते भए । विपरीत दुई ध्रुवको कार्यक्रमका कारण बिहीबार योसँगै दिनैभर उपत्यकाको यातायात प्रभावित बन्न पुग्यो भने शैक्षिक संस्था प्राय ठप्प भए ।

खासगरि दुबै समुहले सुरुवाती चरणबाटै अराजक अभिव्यक्ति दिदै आएपछी प्रशासनले बल्खु र तीनकुने क्षेत्रमा बिहीबार बिहानैबाट ठुलो मात्रामा सुरक्षाकर्मी तैनाथ राखेको थियो । दुबै समुहले आफ्नो प्रदर्शनमा समर्थकको बाहुल्यता रहने दाबी गर्दै आएपनि प्रदर्शनको बेला भने युवासंघको तुलनामा प्रसाईको प्रदर्शनमा उल्लेख्य सहभागीता देखियो ।

प्रहरीले पनि प्रसाइको प्रदर्शनमा ९ हजार र बस्नेतको पदर्शनमा ७ हजार उपस्थीत भएको बताएको छ। तर प्रसाइको प्रदर्शनमा त्यसको कैयौ बढी उपस्थीति थियो। त्यस्तै प्रसाईले भने प्रदर्शन निरन्तर जारी राख्ने बताएका छन् भने बस्नेतको प्रदर्शन बिहिबार केहीबेरमै सकिएको थियो । प्रसाईँले आजदेखी तिनकुनेमा प्रदर्शन गर्ने भएका छन्।