काठमाडौँ।मेडिकल व्यवसायी दुर्गा प्रसाईँले आजदेखी तिनकुनेमा प्रदर्शन गर्ने भएका छन्। राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउन महाअभियानका संयोजक प्रसाईंले आजबाट तीनकुनेमा प्रदर्शन गर्ने भएका हुन्।
हिजो पहिलो दिन बल्खुमा शक्ति प्रदर्शन गरेका प्रसाईं आजबाट तीनकुने केन्द्रित हुने भएका हुन्। तिनकुनेमा हिजो एमालेको युवा संघले प्रदर्शन गरेको थियो।
प्रसाईंले हिजो बिहीबार बल्खुमा गरेको कार्यक्रममा युवा सङ्घका कार्यकर्ता पुगेपछी र प्रहरीले अवरोध गरेपछी पटक पटक दोहोरो झडप भएको थियो।
त्यस क्रममा केही सवारी साधन तोडफोड हुनुका साथै दुवैतर्फ केही व्यक्ति घाइते भएका थिए। करिब १० मिनेट बल्खुमा समर्थकलाई सम्बोधन गरेका प्रसाईंले व्यवस्था परिवर्तन नभएसम्म आन्दोलन जारी रहने बताएका थिए।