काठमाडौं। आज एमालेको भातृ संगठन युवा संघ र मेडिकल व्यवसायी दुर्गा प्रसाइंँ समुहले काठमाडौंमा छुट्टाछुट्टै प्रदर्शन गर्दैछन्।
माइतिघरघरमा कार्यक्रम गर्न लागेका दुबै समुहलाई प्रशासनले रोक लगाएपछी युवा संघको प्रदर्शन तिनकुनेमा प्रदर्शन गर्न लागेको छ भने प्रसाईको समुहले बल्खुमा प्रदर्शन गर्न लागेको छ ।
राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईले देशमा भईरहेका बेथितीको अन्त्यका लागि आफुहरुले राजधानी केन्द्रीत आन्दोलन गर्न लागेको बताउनु भएको छ।
उता युवा संघले भने लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था विरुद्ध अराजक गतिविधि बढेपछि जवाफी प्रदर्शन गर्न लागेको बताएको छ।
यसैबिच, राजधानीमा दुई समुहले एक अर्कालाई लक्षित गर्दै प्रदर्शन गर्न थालेपछि सुरक्षा व्यवस्था कडा पारिएको छ। उपत्यका प्रहरी कार्यालयले एकीकृत सुरक्षा योजना लागु गरिने जनाएको छ ।
परस्पर विरोधी दुई पक्षको प्रदर्शनमा मुठभेड हुन नदिन र सुरक्षा व्यवस्थालाई चुस्त राख्न उपत्यका प्रहरी कार्यालयले डीआईजी लालमणि आचार्यको नेतृत्वमा कमाण्ड सेन्टर खडा गरेको जनाएको हो ।