काठमाडौं। मानव अधिकारकर्मी तथा अरबी साहित्यकार एवं लेखक मोहम्मद रमजान अली मियाँलाई ग्लोबल पिस चेनले शान्ति दूतको उपाधी प्रदान गरेको छ। कतारमा रहेर लामो समयदेखि मानव अधिकारको क्षेत्रमा कार्य गर्दै आएका अमेरिकाको न्युयोर्कस्थित मुख्यालय भएको एक समारोहमा मियाँलाई उपाधी प्रदान गरिएको हो।
अक्सा हमिद र काम्रान जफर द्वारा संयुक्त हस्ताक्षरित बिज्ञप्तिमा उल्लेख भए अनुसार मियाँले कतारमा रहेको नेपाली समाज र आप्रवासी बिच हार्दिकता तथा आपसी सम्बन्ध र HARMONEY(हार्मोनी)को लागि खेलेको महत्त्वपूर्ण भुमिकाको उच्च मूल्याकंनको आदारमा शान्ति दूतको उपाधी प्रदान गरिएकोमा आफू र आफ्नो संस्था लाई खुशी मिलेको बताएका छन।
पू्र्खयौली गोरखा भै काठमाडौको डाँछीमा जन्मिएका मोहम्मद रमजानले अरबी साहित्य तथा ईस्लामिक स्टडिजमा डबल एम ए गरेका छन।
हाल सम्म मियाँका छ दर्जन जति पुस्तक सार्वजनिक भैसकेका छन भने पछिल्लो कृति कतारमा रहेका नेपालीहरुको इतिहास तथा कतार नेपाल सम्बन्धको गाथा मैले देखेको कतार हो।छिट्टै अरबी र अङ्ग्रेजी भाषामा समेत यो पुस्तक प्रकाशनमा रहेको बुझिएको छ।
मियाँले नेपाल कतार बीच जनस्तरको सम्बन्ध बिकासमा लामो समयदेखी विभिन्न कार्य गर्दै आएका छन।बिश्वका विभिन्न मानवअधिकारवादी संस्थाका कतार प्रतिनिधि मियाँलाई स्वयं कतारले समेत सम्मान गरिसकेको छ।