रेणु दाहालको बदनाम गरेको भन्दै रास्वपाका २ कार्यकर्ता पक्राउ

काठमाडौं। चितवनको भरतपुर महानगरपालीकाकी मेयर रेनु दाहालको बदनाम गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का दुईजना कार्यकर्ता पक्राउ परेका छन्। सामाजिक सञ्जालमार्फत मेयर दाहालको तस्बिर तोडमोड गरेर बदनाम गर्न खोजेको भन्दै चितवन प्रहरीले उनिहरुलाई गएराती घरबाटै नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा रत्ननगर नगरपालिका घर भएका शिव शर्मा र भरतपुर महानगरपालिका वडा नं.७ का उपेन्द्र देवकोटा रहेका छन्। शर्माले मेयर दाहाल र युटुबर सन्तोष देउजाको तस्बिर तोडमोड गरी सामाजिक सञ्जाल मार्फत बदनाम गरेका थिए भने देवकोटाले सोही पोष्टलाई सेयर गरेका थिए।

मेयरसँग जोडेर बदनाम गर्न खोजेको भन्दै देउजाले मङ्गलवार प्रहरीमा ठाडो उजुरी दिएका थिए। सोही उजुरीको आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको जनाएको छ । गए राती पक्राउ परेका दुवै जनाको बारेमा अनुसन्धान भइरहेको प्रहरी स्रोतले जनाएको छ।