टेम्पो दुर्घटना हुँदा २ को मृत्यु, ४ जना घाइते

काठमाडौं। टेम्पो दुर्घटना हुँदा अछाममा दुई जनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन्।

कमलबजार नगरपलिकाबाट दैलेखतर्फ जाँदै गरेको सुप प्र ०१००१ ह ५५४५ नम्बरको टेम्पो मध्यपहाडी राजमार्गअन्तर्गत टोट्केसालमा गएराति दुर्घटना भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका टेम्पो चालक कमलबजार–४ का दीपक बोहरा र वडा नं २ का जनक खड्काको उपचारका लागि जिल्ला अस्पताल मङ्गलसेन लैजाँदै गर्दा बाटोमै मृत्युु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा कमलबजार–४ का दिनेश साउद र लक्ष्मण थापा तथा वडा नं ८ का वीरेन्द्र विष्ट र देवेन्द्र विष्ट घाइते भएका छन् । उनीहरूको कमलबजार स्वास्थ्यचौकीमा उपचार भइरहेको जनाइएको छ।