केन्यामा बाढीले ४६ जनाको ज्यान लियो

काठमाडौं। केन्यामा बाढीका कारण ४६ जनाको ज्यान गएको छ। अल निनो वर्षाका कारण ४६ जनाको ज्यान गएको र अरु भौतिक रुपमा पनि ठूलो क्षति भएको अधिकारीलाई उद्धृत गरी चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ।

त्यहाँ हजारौँ नागरिका विस्थापित भएका आन्तरिक क्याबिनेट सचिव किथुरे किन्डिकीले बताउनुभएको छ।सबैभन्दा बढी प्रभावित क्षेत्रहरूमा उत्तरी केन्याको वाजिर, गारिसा र मन्डेराका साथै पूर्वी क्षेत्रमा माकुएनी,कितुई,पश्चिमी केन्याको होमा खाडी किसुमु रहेका छन्।

केन्या सरकाले गारिसा,कितुई ताना नदी तीन काउन्टीमा सुरक्षा सावधानी जारी गरेको छ।ताना र आठ नदी विकास प्राधिकरण(टार्डा)ले लगातारको वर्षाका कारण दुईवटा जलाशयमा पानीको बहाव पाँच मिटरभन्दा माथि पुगेको र कुनै पनि बेला थप बाढी आउन सक्ने चेतावनी दिएको हो।

केन्याको मौसम विभागले आउँदो जनवरीसम्म नै वर्षा हुनसक्ने अनुमान गरेको छ।