जाजरकोटमा फेरी पनि भूकम्प, तिहारमा पनि त्रासमै छन् पीडित

काठमाडौं। जाजरकोटमा फेरी पनि भूकम्पको परकम्प गएको छ। जाजरकोटको पइन्क आसपास केन्द्रविन्दु भएर गएराति सवा ९ बजे ४ म्याग्निच्युडको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

जाजरकोटमा कार्तिक १७ गते राति ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो। जसबाट १५४ जनाको ज्यान गएको छ भने ३६४ जना घाइते भएका छन्।

भूकम्पबाट २६ हजार ५५७ घर पूर्णरूपमा क्षतिग्रस्त भएका छन् भने ३५ हजार ४५५ घरमा आंशिक क्षति पुगेको छ।